मनिसा सुना
कञ्चनपुर :- कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटमा केही दिन यता चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । बाक्लो हुस्सु सँगै घाम नलाग्दा चिसोले दैनिक जीवन कष्टकर बन्दै गएको छ ।
वनदेवी सामुदायिक वनले उपभोक्तालाई चिसो बाट जोगाउन केही चाेक चाेकमा दाउरा वितरण गरेको छ ।चाेक चौराहा र सार्वजनिक स्थानमा आगो ताप्नका लागि दाउरा वितरण गरिएको वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारीले रैकवार खबर दैनिक लाई बताए सामुदायिक बनमा भएका रुखका जरा उप्काएर दाउरा वितरण गरिएको हो ।“हिजो बाट चाेकचाेक आगाे बाल्न सुरु गरेका छौ,आवश्यक सबै ठाउँहरूमा उपलब्ध गराउँछौ,तत्कालका लागि विकल्प नै दाउरा नै हो,मुलत : चिसो बाट विपन्न समुदायमा कहिकतै घटना नहोस् भन्ने हेतुले नै दाउरा वितरण सुरु गरिएको हो” भण्डारीले भन्नू भयो ।उपभोक्तालाई ई चिसोबाट जोगाउन बसेको समितिको
बैठकले दाउरा वितरण गर्ने निर्णय गरेको हो वनदेवी मुदायिक बनहाताभित्र रहेका जराहरू उप्काएर एकठ्ठा गरि ट्र्याक्टरडल्ब मार्फत वितरण गरेका छन् ।
चिसो बढ्दै गएपछि गरिब विपन्न परिवार को जनजीवन कष्टकर बनेको छ
