कञ्चनपुर – सुदूरपश्चिमको पहाडी जिल्लामा मााधेसक्रान्ती मनाएसँगै पश्चिम तराईका जिल्लामा पनि थारु समुदायले माघी पर्व धुमधामका साथ मनाएका छन । थारु समुदायका लागि माघ नयाँ वर्ष पनि हो । माघमा भागबण्डा गर्ने, गाउँमा भलमन्सा र बडघर चुन्ने चलन पनि छ ।
सुदूरपश्चिमका पहाडि जिल्लाहरुमा सेलरोटी चाकु, सखरअण्ड र तरुल खाएर माघे सक्रान्ती मनाईरहेका बेला तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारु समुदायमा पनि माघीको रौनक छाएको छ । थारु बस्तीहरुमा सखीया नाँचगानका साथै मिठामिठा परिकार मनाएर रमाईलो भईरहेको छ ।
थारुहरुमा भने माघी नयाँ वर्षको रपमा पनि मनाउने गरिन्छ । घरमा छुट्टिने उमेरका छोराहरु माघमै छुट्टीन्छन भने गाउँको न्याय निसाफका लागि भलमन्सा र बडघरको चुनाव पनि माघमै हुने गर्छ । त्यस बाहेक उनीहरु घरघरमा गएर नाँचगान पनि गर्ने गर्छन ।
थारु समुदाय माघीको दिन बंगुर काटेर भाग लगाउने, ढिक्रि जस्ता मौलिक परिकार पकाउने र मेला महोत्सव गर्ने गर्दछन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
