माघ ३
कञ्चनपुरका तीन स्थानीय तहले विद्यार्थीलाई दुई दिन जाडो दिएका छन् । अत्यधिक चिसो बढेपछि बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले माघ ४ र ५ गते विदा दिएका हुन् । यी तीन स्थानीय तह पूर्व पश्चिम राजमार्गसंगै छन् । तिनै स्थानीय तहले एक अर्काको सिको गर्दै दुई÷दुई दिन विदा दिएका छन् ।
स्थानीय तहले अत्यधिक चिसोले विद्यार्थीको पठनपाठन र स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले विदा दिइएको जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
