माघ ५
सहिद दिवसकाे उपलक्ष्यमा बैतडीमा साेह्र वर्षमुनिको पुरूष क्रिकेट प्रतियोगिता हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता यहि माघ ९ गतेदेखि सुरु हुनेछ । दशरथचन्द खेलमैदान सुन्दरखालीमा माघ ९ गते उद्घाटन खेलमा दशरथचन्द एकेडेमी र त्रिपुरा क्रिकेट क्लब भिड्ने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले जानकारी दिनुभयो । प्रतियोगिताकाे फाइनल खेल माघ ११ गते हुनेछ । उमेर समूहको याे प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
