वनदेवी सामुदायिक वनमा ३ महिने आधारभूत कम्प्युटर तालिम समापन संगै माघिमिलन कार्यक्रम सम्पन्न :

सरस्वती सुनार ०५ माघ
कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नंम्वर ९ वनदेवी सामुदायिक वन उपभोक्ता समूह राजघाट स्थित सामुदायिक वनको प्राङ्गणमा माघि मिलन कार्यक्रम का साथै ३ महिने आधारभूत कम्प्युटर तालिम कार्यक्रम सम्पन्न गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा वनदेवी सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा शुक्रबार माघी मिलन कार्यक्रम सम्पन्न गरिएको हो । माघी मिलन कार्यक्रममा राजघाटका थारु समुदायका महिला तथा पुरुषहरुले मघौटा नृत्य तथा गितहरु प्रस्तुत गरेका थिए ।

वन समुहका अध्यक्ष निरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय गिता चौधरीले संस्कृतिले धनि थारु समुदायको सांस्कृतिक विकासका लागि प्रदेश सरकार सधै तत्पर रहेको बताउनु भयो । भौगोलिक तथा जातिय हिसावले विविधताले भरिएको कृष्णपुर मा थारु समुदायको बस्तिका रुपमा परिचित रहेका थारू समुदायको सवलिकरणका लागी प्रदेश सरकारले काम गर्दै आएको बताउनु भयो । साथै कला सस्कृतिको धनी जातिका रुपमा रहेको थारु जातिलाई आफ्नो कला र सस्कृतिको संरक्षणमा लाग्न आग्रह गरेकि थिइन् । आधुनिकताको नाममा पछिल्लो समय थारु जातिको मौलिक कला र सस्कृति खतरामा रहेको भन्दै नयाँ पुस्तालाई आफ्नो कला र सस्कृति नछोड्न आग्रह गरिन्। उनले सुदूरपश्चिम प्रदेश सरकार थारु जातिको कला र सस्कृतिको संरक्षणमा सदैव सहयोग गर्न तयार रहेको बताइन् । थारु जातिको पुराना नाचगानहरु प्रति नयाँ पुस्ताको आक्रषण रहर लाग्दो नदेखिनु चिन्ताको विषय भएको बताउनु भयो ।


कार्यक्रमका विशिष्ट अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कैलाश बलायरले थारु समुदायको लोक साँस्कृतिक परम्परा, संस्कृति, पहिरन र मौलिक खाने परिकार सरक्षण, प्रर्बद्धन र पुस्तान्तरणका लागिमाघि मिलन कार्यक्रम गरिएको बताए । वडाध्यक्ष बलायरले भने, ‘हामीले वडाबाट सक्दो सहयोग गरेका छौँ, यसबाट समेत केही प्रर्बद्धन हुने अपेक्षा रहेको जानकारी गराए । साथै वडा नम्बर ९ मा आगामी विकासका याेजना सम्बन्धि स्पस्ट धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य
माननीय तुलसी देवकोटा,कुष्णपुर नगरपालिका नगर उपप्रमुख द्राेपती राना, पिपरिया सब डिभिजन वन कार्यालयका प्रमुख अधिकृत नवीन सिंह, वडा सदस्य कालिका चौधरी , माेली राना, उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन राना बिरेन्द्र सामुदायिक वनका अध्यक्ष राम प्रसाद राना जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्ट, गौरा देवी सामुदायिक वनका उपाध्यक्ष गणेश जाेशी, समाजसेवी युवा लाेकराज ओझा,लगाएतले थारु समुदायले नयाँ वर्षका साथमा मनाउने माघी पर्वलाई आपसी सद््भाव र नयाँ उर्जाका साथमा मनाउन आग्रह गर्दै शुभकमना दिनुभएको थियो ।

थारू समुदायको सांस्कृतिक विकासका लागि वनदेवी सामुदायिक वन उपभोक्ता समुहले माघि मिलन कार्यक्रमको आयोजना गरेको हाे। माघि मिलन कार्यक्रम संगै तीन महिने आधारभुत कम्यूटर तालिम समापन कार्यक्रम समेत गरिएको थियो।

नगर उपप्रमुख रानाले सामुदायिक वनले ३ महिने आधारभूत कम्प्युटर तालिमले बेरोजगार युवाहरूलाई रोजगार को वातावरण सृजना गर्ने जानकारी दिनुभयो । तीन महिने कम्प्युटर तालिममा सहभागी १३ जनालाई प्रमुख अतिथि विशिष्ट अतिथिले प्रमाणपत्र प्रदान गरेका थिए ।
थारू समुदायको सांस्कृतिक विकासका लागि वडाले गरेको बृहत माघि मिलन कार्यक्रममा नगर उपप्रमुख रानाले नगरपालिका को तर्फबाट शुभकामना व्यक्त गरेकी थिइन् ।

वनदेवी सामुदायिक वनले ३ महिने आधारभूत कम्प्युटर तालिम समापन कार्यक्रममा कम्प्युटर शिक्षा आजको आधारभुत आवश्यकता भन्ने नारा सहित वनदेेवी सामुदायिक वनले  उक्त कार्यक्रम  गर्दै आएको सामुदायिक वनका अध्यक्ष निरज भण्डारीले  वताए । आजको आवश्यकता कम्प्युटर  शिक्षा रहेकोले  दिर्घकालीन रुपमा प्रयोग हुने यो शिक्षामा  विशेष ध्यान दिनुपर्ने भण्डारीले  वताए ।
बहादुर साउदको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कालिका चौधरी, लाेकराज ओझाले गर्नु भएको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply