माघ ६
बैतडीमा सडेकाे अवस्थामा चितुवाको बच्चा मृत फेला परेको छ । जिल्लाकाे दशरथचन्द नगरपालिका–७ को कोइराली सामुदायिक वनमा चितुवाको बच्चा मृत फेला परेको हो । स्थानीयहरुले वनमा चितुवाको बच्चा मृत फेला परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपश्चात शनिबार बिहान डिभिजन वन कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले मृत चितुवाको बच्चलाई मृत फेला परेको स्थानबाट डिभिजन वन कार्यालयमा ल्याएर व्यवस्थापन गरेको छ । चितुवाको बच्चा करिब ५ महिनाको रहेको जनाएको छ । केही दिन अगाडि मरेर सडेकाे अवस्थामा चितुवाको बच्चा फेला परेकाेको मृत्युको कारण खुल्न नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक नन्दराज जोशीले जानकारी दिनुभयाे । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
