धनगढी :- जिल्ला कैलालीकाे गाेदावरी नगरपालिका –४ स्थित बुढीताेला चिसापानी पछिल्लो समय पिकनिक र घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । शनिबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी धनगढी र अत्तरिया शाखाले बुढीताेला अवस्थित चिसापानी पार्कमा विषेश कार्यक्रमका साथ पिकनिक धुमधामका साथ मनाएको हाे । हरेक ब्यक्तिले आफ्नो परीवारको उज्जवल भविश्यको परीकल्पना गरेको हुन्छ ।

जीबन अश्चित हुन्छ कति बेला कुन घटनाक्रमले पारीवारीक जीबनशैलीलाई नै परीवर्तन गर्छ थाहा हुदैन । हरेक ब्यक्तिलाई आफूपछि परीवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ । विषेश पिकनिक परिचयातमक कार्यक्रममा धनगढी शाखा प्रमुख गणेश राज अवस्थीले देशकै सबैभन्दा चचित जीवन बिमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी मा आबद्ध रहेका सम्पूर्ण ब्यक्तित्वलाइ सदैब स्वागत गर्ने शनिबार आयोजना गरेको पिकनिक कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। कार्यक्रममा प्रदेश प्रमुख लगायतकाे उपस्थिति रहेकोे थियोे ।



