कञ्चनपुरमा जोखिमयुक्त औषधी बेच्ने एक मेडिकल संचालक पक्राउ

माघ १४ धनगढि
कञ्चनपुरमा जोखिमयुक्त औषधी बेच्ने एक मेडिकल संचालक पक्राउ परेका छन । कृष्णपुर नगरपालिका २बंकका मेडिकल व्यवसायी देवसिह धामी पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले कृष्णपुर नपा २ बंक स्थित कञ्चन क्लिनिक एण्ड फार्मेसीका संचालक धामीलाई पक्राउ गरिएको बताए ।

प्रवक्ता धामीका अनुसार उक्त मेडिकलमा खानतलासी गर्ने क्रममा विभिन्न जोखिमयुक्त औषधी बेच्ने गरेकाले औषधी सहित संचालकलाई पक्राउ गरिएको बताए ।

प्रहरीले उक्त क्षेत्रमा ९ मेडिकलमा चेकजाँच गर्ने क्रममा नेपाल औषधी व्यवस्था विभागले तोकेका मापदण्ड विपरित औषधी बेचबिखन गर्ने गराउने र बिना ईजाजत औषधी बेचबिखन गरिरहेको पाईएकाले औषधी सहित मानिसलाई पक्राउ गरिएको बताए । पक्राउ परेका औषधी व्यवसायी धामीको पसलबाट ६बोरा औषधी सहित थप अनुसन्धान गरेर कार्बाही गरिने प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापा नेतृत्वमा यस अघि पनि जिल्लाका विभिन्न अवैध मेडिकल तथा भारतीय मुलका व्यवसायी केन्द्रीत भएको अभियान फेरी संचालन भएको छ । अवैध मेडिकल बिरुद्धमा प्रहरीले यो एक्सन १७औँ रहेको छ । उनी बिरुद्धमा फोजदारी कसुरमा मुद्दा चलाईनेछ ।

यसैविच कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लाखौँका अवैध समान बरामत गरेको छ । प्रहरीका अनुसार महेन्द्रनगर, बेलौरी सहितका स्थानबाट बरामद गरिएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply