कञ्चनपुरका वडामा समुदायमा काँग्रेस अभियान शुरु

१७ माघ धनगढि
नेपाली काँग्रेसले पाटी केन्द्रको योजना अनुरुप कञ्चनपुरमा समेत समुदायमा काँग्रेस अभियान शुरु गरेको छ । ‘समुदायमा जाऔँ, समाजलाई सुनौँ’ भन्ने मुल नाराका साथ औपचारिक रुपमा मंगलबारदेखि जिल्लाका सबै वडाहरुमा अभियान शुरु गरेको हो ।

नेपाली काँग्रेस कञ्चनपुरका पाटी कार्यबहाक सभापति मिन बहादुर सिहले जिल्लाका ९२वटै वडाहरुमा एकसाथ अभियान शुरु भएको बताए । कावा सभापति सिहका अनुसार दुई गाँउपालिका बेलडाँडी, लालझाडी, सात नगरपालिका ः बेलौरी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधाराचाँदनीमा शुरु भएको बताए ।

कावा सभापति सिहले यस अघि भएका तीनै तहका निर्वाचनबाट निर्वाचित पाटी सहित अन्य दलका जनप्रतिनिधीले जनतालाई दिईरहेको सेवा सुविधा एव विकास निर्माण समस्या सहितका विषयमा छलफल गरेर अघि बढ्ने बताए । अभियानलाई पाटी भन्दा पनि जनतालाई केन्द्र बिन्दुमा राखेर अघि बढ्ने बताए ।

कावा सभापति सिहले अभियानका दौरानमा रहेका जिल्लाबाट जनताले दिएका सुझाव सल्लाह अनुरुप पाटी प्रादेश, केन्द्रलाई जनताबाट आएका गुनासा, अपेक्षा सहित समाधानका लागि पहल गरिने बताए । नेपाली काँग्रेसकी नेतृ शुशिला भट्ट(मिश्र)ले पाटीले संचालन गरेको अभियान तीनै तहका सरकारलाई जनताप्रति उत्तरदायी बनाउन केन्द्रीत हुने बताएकी छिन ।

काँग्रेस केन्द्रीय सदस्य शुशिलाले अभियान तीनै तहका सरकारलाई जनमुखी बनाउन केन्द्रीत हुने बताएकी हुन । मंगलबार महेन्द्रनगरमा पत्रकारसंग कुराकानी गर्दै काँग्रेस नेतृ शुशिलाले तीनै तहका सरकारलाई जनताप्रति उत्तरदायी बनाईने बताइर्एन ।

शहिद दिवसको अवसर पारेर काँग्रेसले १६ माघदेखि संचालन गरेको समुदायमा काँग्रेस अभियान कञ्चनपुर कमाण्डको नेतृत्व पाएकी शुशिलाले जिल्लाका सबै वडाहरुमा अभियान शुरु भएको बताईन ।

‘यो अभियान नितान्त वडा, बस्ती स्तरका संचालन हुन्छ, ‘उनले भनिन, ‘अयिभानका दौरानामा जनतासंग तीनै तहका सरकारले दिईरहेको सेवा, गुनासा, अपेक्षा, सुझाव एव सल्लाह संकलन गरेर अघि बढछौँ ।’खुला रुपमा पाटीका नेता कार्यकर्ता, जनता एव सेवा प्रदायक जनप्रतिनिधीसंग प्रत्यक्ष छलफल गरेर अघि बढ्ने उनले बताईन ।

‘स्थानीय स्तरमा देखिएका समस्या, गुनासा हामीले सक्दो समाधान गछौँ, ‘उनले भने, ‘जनताबाट आएका सुझाव, माग पाटी केन्द्रलाई पठाउँछौँ ।’ अभियानका लागि पाटी केन्द्र, प्रदेश, जिल्ला, पालिकाले खटाएका नेता कार्यकर्ताहरु फिल्डमा गएर आ–आफ्नो जिम्मेबारी सम्हालिसकेको बताए ।

अभियानलाई भाषणबाजी केन्द्रीत भन्दा जनता लक्षित गरेर काँग्रेस सहित तीनै सरकारबाट अपेक्षा संकलन गर्ने बताईन । उनले पाटीका जनप्रतिनिधीलाई समेत थप उत्तरदायी बनाएर प्रभावकारी बनाउने बताईन ।

पाटी केन्द्र, प्रदेश र जिल्लाको निर्णय, निर्देशन अनुरुप बेदकोट नगरपालिकामा समेत अभियान शुरु गरिएको काँग्रेस बेदकोट नगर सचिव पवन नेपालीले बताए । सचिव नेपालीका अनुसार पाटीले जनताका प्रत्यक्ष जनजिविकासंग रहेर जनतासंग छलफल, सुझाव संकलन एव अन्तरकृया गर्दै जाने बताउँदै जनताबाट आएका सुझाव, अपेक्षा पाटीलाई कार्यान्वयनका लागि सुझाव सहित प्रतिवेदन बुझाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply