१८ माघ धनगढि
कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास मा कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । अरनिको खेलकुद विकास समितिले देश बिकास अनुशासन र गतिशीलतामा युवा सशक्तिकरणका लागि खेल भन्ने मुल नाराका साथ छैठौं संस्करणको अरनिको सैनिक कप खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । आयोजक अरनिको युवा क्लबले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । यस अघि माघ १६ गतेदेखि सुरु हुने भनिएकोमा खराब मौसमका कारण मौसम प्रतिकुल नहुँदा केही दिन लाई स्थगन गर्न पुगेको आयोजक बताए । पत्रकार सम्मेलनमा स्थगन भएको खेल यहि माघ २१ गतेबाट सुरु गर्ने गरि सारिएको क्लबले जानकारी दिएको छ । क्लबका अध्यक्ष जित बहादुर तामाङको अध्यक्षता र पुनर्वास नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मित्र सिंह लामाको प्रमुख आतिथ्यतामा आयोजित पत्रकार सम्मेलनमा छैटौं अरनिको फुटबल प्रतियोगिताको ट्रफी र क्लवको जर्सी सार्वजनिक गरिएको छ । प्रमुख आतिथिको आसानबाट बोल्दै वडाध्यक्ष मित्र सिंह लामाले पुनर्वास नगरपालिका फुटबल खेलको लागि निकै चर्चामा रहेको क्षेत्र बताए । विगत लामो समयदेखि पुनर्वासले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तर सम्मका खेलाडी हरू समेत उत्पादन गर्दै आएकोमा आफू लाई गर्व महसुस भएको बताए । छैठौं संस्करणको अरनिको सैनिक कप फुटबल प्रतियोगिता कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै खेलाडी हरूलाई अनुसासित भई खेल्न समेत लामाले आग्रह गरे । यसैगरी आयोजक अरनिको युवा क्लबका अध्यक्ष जित बहादुर तामाङले छैठो अरनिको सैनिक कप कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला फुटबल प्रतियोगितामा रहेको जानकारी दिए । उनले यस खुल्ला फुटबल प्रतियोगितामा बिभागीय टीम नेपाल आर्मी र नेपाल पुलिस क्लब सहित १९ वटा टिमहरूको सहभागिता रहेको जानकारी दिए ।आयोजकका अनुसार अरनिको सैनिक कप फुटबल प्रतियोगिताको विजेता टिमले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद रु २ लाख ६० हजार र उपविजेता टिमले १ लाख ३० हजार प्राप्त गर्ने आयोजक अरनिको युवा क्लबका अध्यक्ष जित बहादुर तामाङले जानकारी दिए । प्रतियोगितामा सहभागि हुने टिमलाई नगद रु १० हजार दर्ता शुल्क राखिएको छ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, रक्षक, फरवार्ड, फेयर प्ले र उदयमान खेलाडीलाई जनही ५ हजार सहित ट्रफी प्रदान गरिने अध्यक्ष तामाङले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीलाई नगद रु १० हजार सहित मेडल,ट्रफी प्रदान गरिने छ ।
पुनर्वास नगरपालिका २ अरनिको बस्ती स्थित क्लबको खेलमैदानमा हुने फुटबल प्रतियोगितामा मूख्य प्रायोजकको रुपमा प्रकाश दाहाल स्मृति प्रतिष्ठान रहेको छ । भने सह प्रायोजकको रुपमा काठमाडौंको विज्ञान एसआर म्यानेजमेन्ट प्रालि रहेको छ ।यस्तै प्रतियोगिता सम्पन्न गर्न पुनर्वास नगरपालिका वडा नम्बर ६ को कार्यालय , रेडबुल र वल्र्ड लिंक ईन्टरनेट कम्पनीले पनि सहयोग गरेको छ । खुल्ला फुटबल प्रतियोगितामा हरेक दिन २ वटा खेल खेलाइने छ । नकआउटको आधारमा खेलाइने हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई रेडबुलको तर्फ रु १५ सय प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न कुल १२ लाख ५० हजार खर्च हुने अनुमान गरिएको जनाइएको छ । प्रतियोगिताको उद्घाटन स्वर्गीय प्रकाश दाहाल स्मृति प्रतिष्ठानकी अध्यक्ष पुर्व माननीय विना मगरले गर्ने तय भएको आयोजकले जानकारी दिएको छ ।उक्त पत्रकार सम्मेलन कार्यक्रमलाई सो क्लबका सचिब दिपेश तामाङले संचालन गरेका थिए ।
