आफु भन्दा ठिक १० बर्ष जेठी महिला बलात्कारको आरोपमा शुक्लाफाँटा नगरपालिका एक युवक पक्राउ

१८ माघ धनगढि
आफु भन्दा ठिक १० बर्ष जेठी महिला बलात्कारको आरोपमा शुक्लाफाँटा नगरपालिका एक युवक पक्राउ परेका छन । शुक्लाफाँटा नगरपालिका ८का २५ बर्षिया शेर बहादुर ऐर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीूले महिलाले पुरुष बिरुद्धमा दिएको जाहेरीका आधारमा पक्राउ गरिएको बताए । ३५ बर्षिया महिलाले र्इैलाका प्रहरी कार्यालय झलारीमा करणी उद्योगमा ऐर बिरुद्ध जाहेरी दिएकी थिईन ।

रातीका बेला आफ्नो घरमा आएर बलात्कारको प्रयास गरेको भन्दै ऐर बिरुद्धमा मुद्दा दायर गरेपछि प्रहरीले घटनाको छानबिनका लागि मुद्दा दर्ता गरेर ऐरलाई पक्राउ गरेको प्रवक्ता डाँगीले बताए । उक्त घटनाको सत्यतथ्य छानबिन गरेर दोषिलाई कार्बाहीको झलारीका अधिकारकर्मीले माग अघि सारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply