३२ सिटे प्रचण्डको सक्रियतालाई सम्मान गरौं : जाेशी

हरि प्रसाद जाेशी
३२ सिटे प्रचण्डको सक्रियतालाई सम्मान गरौं।
सोचे बमोजिम भ्रष्टाचारीहरु लाई कारबाही नहुनुमा अरुकै दोष हो यो पनि बुझेर बुझ नपचाऔं ? एमाले कांग्रेस लगायत पुरानाहरुका त कालान्तरदेखि खत्रा खत्रा न्यायाधीश छन्, कर्मचारी, शिक्षक, सूरक्षा, मिडिया, गुण्डा, संघसंस्था, बैकं, बिमान लगायत कब्जा जमाईसकेका संयत्रहरु छन् तर माओवादी संग यी सबै छैनन् र सक्काई दिए। यस्तै आउँदा हरुलाई पनि सक्काउन यिनी भ्रष्टहरुले कुनै कसर बाकी राख्दैनन्।

आज २४० वर्षे निरंकुश राजतन्त्र फाल्ने संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने पात्र प्रचण्ड सबैको नजरमा तुच्छ साबित कसरी भए त ? किन जतिसुकै जनहितमा कार्य गर्दा पनि हत्यारा कहलिन्छन् ? किन उनको अगाडि सबै राजनीतिक दलहरु घुडा टेकाउँछन् र पछिपछि इतिहास मेटाउन प्रयत्नरत छन् ?

मित्रहरु:
पहिलो कूरा प्रचण्ड नै त्यस्ता पात्र हुन् जसले २१ औं शताब्दीमा जनक्रान्ति गरेर असम्भव उपलब्धि आफ्नै जीबनकालमा प्राप्त गरे। जीबनको पूर्वार्द्धमा परिवार सहित पुरै देशका बहुसंख्यक नागरिकलाई बिना प्रविधि तत्कालीन निरंकुशताका बिरुद्ध मर्न मार्न तयार पारे त्यसलाई क्रान्ति भनियो, अनि उचित समयमा बर्खाको भेलझै मडारिईरहेको युद्धलाई शान्तिमा रुपान्तरण गरे र आफ्नो जीवनकालमै असम्भवीय क्रान्ति र असम्भवीय शान्तिलाई लगाम लगाउन सफल भए।

मित्रहरु, युद्ध पश्चात् रामायण कालमा रामलाई पनि विश्वगुरु रावण मारिस भन्ने अभियोग लाग्यो भने आफ्नै श्रीमती सीतालाई बिना कारण त्याग्यो भन्ने गुनासो थियो रे! त्यस्तै माहाभारत कालमा युद्ध पश्चात् पाण्डवहरुलाई पनि कसैले ठिक भनेन् कौरवहरुको सत्यानास पश्चात् भगवान श्रीकृष्णले श्राप अनुसारको मृत्यु पाएको पाइन्छ।

धार्मिक हिसाबले पनि समुद्र मन्थन गर्दा देवताहरुले कालकुट बीष पाएका थिए भने राक्षस राहुले अमृत कुण्ड भेटाएका थिए रे! संसार बचाउनका लागि संघर्षरत् देवताहरुलाई बीष प्राप्त भएझै प्रचण्डलाई पनि बीषरुपी गालिहरु पाइँदैछन् भने राक्षसहरु एवम् संसारको कुभलो चाहिने प्रतिगामीहरुले अमृत पाएझै यो देशका नागरिकहरुको कुभलो चिताएका हरुले समर्थन पाइरहेका छन्।

मित्रहरु, यो देशको कुभलो चाहने राणाहरु र राजाहरु नै थिए। जुन आफूलाई विष्णु भगवानको अवतार मान्थे भने अरु नागरिकहरुलाई तुच्छ सम्झिन्थे। राणाहरु र राजाहरुका अवशेषहरु जस्तै अहिले एकदुई जना सांसद र मेयरहरु पनि छन् तिनीहरुलाई यो स्वतन्त्रता कत्तिपनि मन परेको छैन्।

वास्तवमा यो व्यवस्था आम नागरिकहरुका लागि रामराज्य सरह नै हो। पुरै देशमा यत्रो परिवर्तन गर्नेहरुलाई गाली गरेर हामी कहाँ पुगेका सबैले सोच्ने बेला आइरहेको छ।

केहि नागरिकले प्रचण्डलाई गाली गर्नु भनेको हातखुट्टा काटेर फासी दिन लागेको मान्छेलाई एक खुट्टा काटेर अर्को काट्नै लाग्दा खोसेर घिसारेर रक्ताम्य मान्छेलाई औषधि मूलो बिहीन ठाउँमा पुर्याई बचाए झै हो, त्यो मान्छेले फासि दिने भन्दापनि आफूलाई चोट पुर्याइस मलाई कतिको पिडामा पारिस भनेर बचाउनेलाई गालि गरे झैं हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply