२६ माघ धनगढी
कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ । भीमदत्त नगरपालिका–६ ऐठपुरबाट अन्दाजी १ लाख ४ हजार ५ सय मुल्य बराबरका सलाई, चिनी, मिश्री, तेल, नरिवल, पेन्ट, कपडा र सुर्ती लगायत सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको सामान कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
