धनगढी :- कञ्चनपुर कृष्णपुरमा बञ्चरो प्रहार गरेका
एक जना फरार भएका छन,। कृष्णपुर नगरपालिका वडा नम्बर –९ जाेरायाल टाेलमा आफ्नै मामाको छोरालाई बञ्चरो हानेर ४० वर्षीय रुद्रे भुल फरार भएका हुन्। शनिवार राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बञ्चरो प्रहार गरेर रुद्रे भुल फरार भएको कञ्चनपुर प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुडाऐरका अनुसार घाइते डम्मरको अवस्था गम्भीर रहेको छ। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। बञ्चरो प्रहार गर्ने भुलको खोजी भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
