कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा बेलखेती अभियान शुरु

असार २ धनगढी
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा बेलखेती अभियान शुरु गरिएको छ । सीमावर्ती बेलडाँडी गाँउपालिकामा बेलखेती अभियान शुरुवाती गरिएको हो । बेलडाँडी २ नवजागरण टोलका स्थानीय अगुवा युवा गोकर्ण जोशी (निश्चल)ले गाँउमा बेलखेती अभियान शुरुवात गरेका छन ।

बेलडाँडीको नाम बेलखेतीबाटै नामाकरण भएको गाँउको ईतिहास, भूगोलको पहिचान र बेलखेती प्रर्बद्धनका लागि बेलखेती अभियान शुरुवात गरिएको जनाईएको छ ।

बेलडाँडीका अगुवा युवा गोकर्ण जोशी (निश्चल)ले प्राकृतिक रुपमा बेलखेती भएको सिद्धनाथ बैजनाथ मन्दिरको प्राङगणमा बिरुवा रोपेर अभियान शुरुवात गरिएको बताए ।

‘यो बेलखेती बेलडाँडीको पहिचानसंग जोडिएको छ, ‘उनले भने, ‘हामीले गाँउको पहिचान, बेलको प्रर्बद्धनका लागि यो अभियान शुरुवात गरेका छौँ ।’

उनले गाँउमा बेलखेती अभियान शुरुवातका लागि एक किसान सय रुपैया अभियान संचालन गरेको बताए । उनले गाँउकै किसान खडक थापाको नर्सरीबाट बेलका बिरुवा खरिद गरेर सार्वजनिक स्थल सहितका व्यक्तिका खेतमा रोपिने बताए ।

‘हामीले पहिलो प्राथमिकतामा सार्वजनिक स्थलमा बिरुवा रोप्छौँ, ‘उनले भने, ‘क्रमिक रुपमा बेलडाँडीका सबै वडाहरुमा विस्तार गछौँ ।’ बेलखेतीका अभियन्ता जोशीले बेलखेती अभियान मार्फत एकतिर गाँउको पहिचान, अर्कातिर बेलखेतीको प्रर्बद्धन र व्यवसायका लागि खेती अभियान निरन्तर गर्ने बताए ।

तत्तकालिन बेलडाँडी गाविसका प्रधानपञ्च बिर बहादुर विष्टले गाँउको सिद्धनाथ बैजनाथ प्राचिन मन्दिर सहितका क्षेत्रमा बेलका ठुलठुला रुख भएकाले गाँउको नाम नै बेलडाँडी नामाकरण गरिएको बताए । बेलडाँडीका जेष्ठ नागरिक अगुवा कालुसिह विष्टले बेल अभियान प्रभावकारी बनाउनुपर्नेमा जोडदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply