हत्याकाे आराेपमा बैतडीमा तीन जना पक्राउ

असार ४ धनगढी
हत्याकाे आराेपमा बैतडीमा तीन जना पक्राउ परेका छन् । पाटन नगरपालिका-६ का ४५ वर्षीय विरभान सिंह विष्टकाे हत्याकाे आराेपमा पाटन-६ कै २६ वर्षीया भागरथी बिष्ट,पाटन-१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेका छन् । भागरथीलाई घरबाटै,राजेन्द्र र किशाेरलाई भागिरहेका अवस्थामा डडेल्धुराकाे भत्काडाबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिनुभयाे । तीन दिनदेखि बेपत्ता रहेका विरभानको शव प्लाष्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको थियाे ।

मृतक विष्ट असार १ गते देखी सम्पर्क विहीन रहेका थिए । विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले साेमबार इलाका प्रहरी कार्यालय पाटनमा भागरथीकाे नाममा उजुरी दिएका थिए । त्यसपछि निवेदन दिएको केही समयपछि भागरथीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हाे । पक्राउपछि भागरथीले आफूले नै विरभानकाे हत्या गरेकाे स्वीकार गरिसेकेकी छन् । उनले चिरपटले हानेर विरभानकाे हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् । असार १ गते शनिबार रातिको समयमा घरमा आएर अपशब्दहरू प्रयोग गरेपछि सहन नसकेर चिरपटले हानेर हत्या गरेको भागरथीको बयान रहेकाे रहेकाे प्रहरीले जनाएको छ ।

हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र शव लुकाएको र त्यसपछि प्लास्टिकमा बेरेर घाङल खाेलामा फालेकाे प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबार भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर शव लगेको छापहरू देखेका थिए । त्यहाँ रगतसमेत देखिएकाले प्रहरीलाई खबर गरेका थिए । भागरथीले ती पुरुषको हत्या गरेपछि शव व्यवस्थापनमा अन्य तीनजनाकाे संलग्नता रहेकाे थियाे । शव व्यवस्थापनमा सहयाेग गरेकाे भन्दै राजेन्द्र र किशाेरलाई पक्राउ गरेकाे हाे । यस्तै शव व्यवस्थापनमा सहयाेग गरेका थप एकजना अझै फरार रहेका र उनकाे खाेजी कार्य जारी रहेकाे प्रहरी वरिष्ठ नायव निरीक्षक थापाले बताउनुभयाे । विरभान र भागरथीको घरमा पहिल्यै देखि आउजाउ हुने गरेकाे खुल्नमा आएको छ । एकल महिला समेत रहेकी भागरथी सहस्त्रलिङ्ग प्राविकी राहत शिक्षिका पनि हुन् । मृतक विष्टकाे शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply