वन विकास र संरक्षणसँगै सामाजिक कार्यमा उग्रतारा सामुदायिक वन द्वारा शैक्षिक सामाग्री वितरण

हेमा भट्ट
कृष्णपुर : कृष्णपुर नगरपालिका वडा न.७ उग्रतारा सामुदायिक वनले स्थानीय र उपभोक्ता समूहमार्फत् वनको संरक्षण, संवद्र्धन र सदुपयोग गर्दै एक उदाहरणीय कार्य गर्दे आएको छ । सामुदायिक वनले वन संरक्षण मात्र नभई स्थानीय स्तरका विकास निर्माणका कार्यक्रमहरू समेत गरेको छ । 

सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै कृष्णपुर नगरपालिका वडा नं. ७ का विद्यालयमा उग्रतारा सामुदायिक वन उपभोक्ता समुहले आफ्नो क्षेत्राधिकारमा भएका सामुदायिक विद्यालयमा आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्रगत चार सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । वनले आफ्नो क्षेत्र भित्रपर्ने चारवटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको हो । मंगलबार कृष्णपुर वडा न. ७ कञ्चन माद्यामिक विद्यालय, राष्ट्रिय माद्यामिक विद्यालय, जनशक्ति आधारभूत विद्यालय र गौरीशंकर आधारभूत विद्यालय लाई शैक्षिक सामग्री प्रदान गरेको हो ।

वनले गरिबी तथा जेहनदार विद्यार्थीहरूलाई लक्षित गरेर शैक्षिक सामाग्री वितरण गरेको उग्रतार सामुदायिक वनका अध्यक्ष अध्यक्ष मदन रानाले बताए । कार्यक्रममा कृष्णपुर नगरपालिका कार्यपालिका सदस्य तथा वडा नम्बर ७ का वडा सदस्य आरती बाेहरा धामी ले सामुदायिक वनले अभियानकै रुपमा विकास निर्माणका कार्य सँगै शिक्षामा चालेका कदमहरूको समाजले पनि उचित मूल्यांकन गरेको र यस् क्षेत्रमा अन्य सामुदायिक वनहरु भएपनि उग्रतारा सामुदायिक वनले गरे जस्तै अन्य वनहरुले पनि सिको गर्न आवश्यक रहेको बताइ। धामीले विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले गरिएको कार्य निक्कै उदाहरणीय रहेको बताइन । वनले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि वनले यस्ता कार्यलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गरिन । शिक्षा क्षेत्रमा गरेको यस्तो कामले बालबालिकाको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने बताइन् । शैक्षिक सामाग्री अन्तर्गत झोला, कापी, पेन्सिल लगायत विभिन्न सामाग्री वितरण गरेको हो ।

मदन रानाको अध्यक्षता, भएको कार्यक्रमको सञ्चालन सामुदायिक वनका पदाधिकारी ले गरेका थिए । कार्यक्रममा सामुदायिक वन समुहका पदाधिकारी शिक्षक अभिभावक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply