धनगढी, असार ०९
पानीमा डुबेर बैतडीमा दुईजनाकाे मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन् । पानी ट्याङ्कीमा डुबेर पुर्चाैडी नगरपालिकाका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाकाे पुर्चाैडी- १० महरागाउँका शेरसिंह महराकाे ५ वर्षका छाेरा मुकेश महरा रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयाे । घर आगनमै खलिरहेका मुकेश नजिकै रहेकाे पानी ट्याङ्कीमा डुबेका थिए । ट्याङ्कीमा डुबेर घाइते भएका मुुकेशकाे जिल्ला अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे । यस्तै शनिबार महाकाली नदीमा डुबेर शिवनाथ गाउँपालिका १ स्वालाकि १५ वर्षीया रजनी चाँडकाे मृत्यु भएकाे थियोे । शिवनाथ गाउँपालिका १ कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी र डुबेकाे केहीबेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले रजनीकाे मृत उद्धार गरेकाे थियाे ।
रजनीसंगै महाकालीमा नुहाउन गएकी साेही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपता रहेकी छन् । बेपत्ता अस्मिताकाे खाेजी कार्य जारी रहेकाे छ। अस्मिताकाे खाेजीका लागि स्थानीय बासिन्दासंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएपनि अवस्था अज्ञात रहेकाे प्रवक्ता पाण्डेले बताउनुभयाे । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
