धनगढी,असार ११
कञ्चनपुरको भीमदत्त नगरका दलित विपन्न समुदायका युवा युवतीहरुलाई हेयर कटिङ्ग र ड्राईभिङ्ग तालिम दिईएको छ ।
भीमदत्त नगरपालिका रोजगार प्रर्बद्धन शाखाले नगरका दलित विपन्न समुदायका युवा युवतीहरुलाई हेयर कटिङ्ग र ड्राईभिङ्ग तालिम दिईएको हो ।
विपन्न तथा दलित समुदायका लागि १८ दिने कपाल काट्ने हेयर कटिङ्ग र त्यस्तैगरी ड्राईभिङ्ग तालिम पनि दिईएको छ । भीमदत्त नगरकी उपपमुख निलम लेखकले पालिकाले नगरका बेरोजगार युवा युवतीहरुलाई आत्मनिर्भर स्वदेशमै रोजगारीका लागि सीपमुलक तालिम संचालन गरिएको बताईन ।
उपप्रमुख लेखकले विपन्न दलित समुदायका महिलाका लागि जिविकोपार्जन, स्वरोजगार मर्याहित रोजगारीका लागि तालिम संचालन गरिएको बताईन ।
बजारमा श्रमिकको माग अनुरुप तालिम संचालन गरेर उनीहरुलाई आत्मनिर्भर बनाउने काम गरेको उपप्रमुख लेखकको भनाई छ ।
लेखकले रोजगार शाखालाई तालिम लिएका प्रशिक्षार्थीहरुले गरेको कामको रेकर्ड राख्न समेत निर्देशन दिईन । हेयर कटिङ्गमा १२ महिला सहित २० र चालक तालिममा पुरै १७ जना महिला सहभागि थिए ।
तालिममा सहभागिहरुले सिकेको सीपलाई व्यवहारिक प्रयोग गर्दै व्यवसाय संचालन गर्ने बताएका छन । मंगलबार एक कार्यक्तमका विच दुवै तालिम समापन गरिएका छन ।
मोहन ड्राईभिङ्ग सेन्टरका प्रशिक्षकहरुले चालक तालिम दिएका थिए, भने कपाल काट्ने तालिम नेपाल नाई संघ कञ्चनपुरका अध्यक्ष राम सोगारथ मुख्य प्रशिक्षक रहेका थिए ।
तालिम समापन कार्यक्रममा रोजगार प्रर्बद्धन शाखाका रोजगार संयोजक कृष्ण बहादुर चन्द, रोजगार सहायक सुरेन्द्र भण्डारी र प्राविधिक सहायक कमल राम विक सहितका जनप्रतिनिधी, प्रशिक्षक, प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
