धनगढी,असार १४
कञ्चनपुरका दुई विद्यार्थीले चार जिपिए ल्याएका छन । जिल्लाको भीमदत्त र कृष्णपुर नगरपालिका एक÷एक विद्यार्थीले चार जिपिए ल्याएका हुन ।
०८० सालमा सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागि कञ्चनपुरका दुई छात्रले चार जिपिए ल्याएका छन । दुवै छात्र संस्थागत(निजी विद्यालयका)का विद्यार्थी हुन । सामुदायिक सरकारी तर्फ कुनैपनि विद्यार्थीले चार जिपिए ल्याउन सकेका छैनन ।
भीमददत्त नगरपालिका ३ महेन्द्रनगर स्थित ईन्टरनेशनल पब्लिक स्कुलका छात्र सोमित कार्कीले र कृष्णपुर नगरपालिका ५ गुलरिया स्थित कञ्चनजंगा ईङलिस स्कुलका अर्का छात्र चेतराज विष्टले सर्वाधिक ग्रेट प्वाईन्ट एभरेज (जिपिए) ल्याएका हुन ।
बिहीबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसइईको नतिजा अनुसार १० हजार बढि विद्यार्थीमा यि दुई विद्यार्थी कार्की र विष्ट उत्कृष्ठ भएका छन । कार्कीका बाबु सोबान सिह कार्की प्रहरी अधिकृत हुन भने, विष्टका बाबु निर्प बहादुर विष्ट किसान हुन ।
ईन्टरनेशलका प्रिन्सिपल राजेन्द्र भट्टले विद्यालयमै सोमित कार्कीले उत्कृष्ठ भएको बताए । प्रिन्सिपल भट्टका अनुसार १२४ जना परीक्षार्थी एसइईमा सहभागि भएका थिए । १२४विद्यार्थी मध्ये ३२ विद्यार्थले ‘ए प्लस’, ५६ विद्यार्थले ‘ए’, ३५ विद्यार्थले ‘बि प्लस’ र १ विद्यार्थले ‘बि’ ग्रेड प्राप्त गरेको बताए ।
ईन्टरनेशल पब्लिक स्कुलका संचालक गौराज बहादुर लिम्बुले विद्यार्थी र शिक्षकको मेहनतको पलल भएको बताए । उनका अनुसार २८ वर्षदेखि सुदूरपश्चिमलाई शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान एवं उपलब्धी दिदै आएको इन्टरनेशनल पब्लिक स्कुल ०५३ सालमा स्थापना भएको थियो ।
सुदूरपश्चिम प्रदेशमै सात पटक सम्म प्रथम भई नेपाल सरकारबाट इन्टरनेशनल पब्लिक स्कुलले पटक पटक सम्मान थाप्दै आएको छ । कञ्चनजंगा ईङलिस स्कुलका सचालक एव अध्यक्ष खगेन्द्र ओझाले विद्यालयमै अनुशासित मेहनती चेतराज विष्टले उत्कृष्ट अंक ल्याएको बताए ।
अध्यक्ष ओझाले कञ्चनजंगा ईङलिस स्कुलबाट एसइईमा सहभागि १०२विद्यार्थी मध्ये ६२उर्तिण भएको बताए । उनका अनुसार ८ विद्यार्थी ए प्लस, २३ विद्यार्थी ए, २१विद्यार्थी बि प्लस र ९ विद्यार्थीले बि ग्रेट ल्याई उर्तिण भएका छन । विद्यार्थी, शिक्षक, घर परिवार, विद्यालयका सबैको मेहनतले विद्यार्थी उत्कृष्ठ भएको बताए ।
०८० सालमा सम्पन्न भएको इसइई परीक्षमा कञ्चनपुरको नतिजा निरासाजनक
आएको छ । शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्क अनुुसार माध्यामिक शिक्षा परीक्षा (एसइई)मा ८३ निजी, ११७ सरकारी गरेर २सय विद्यालयका १० हजार ३३५ विद्यार्थी मध्ये ४ हजार ३४३मात्रै विद्यार्थी उर्तिण भएका छन ।
भने ५ हजार ९९२ विद्यार्थी अनुर्तिण(फेल) भएका छन । २ विद्यार्थीले चार जिपिए, ३०२ विद्यार्थीले ए प्लस, ९६७ विद्यार्थीले ए प्लस, १३ सय ७१ले बि प्लस, ९१९ले बि प्लस र १३५ विद्यार्थीले बि ग्रेट ल्याएका छन ।
शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका शिक्षा अधिकृत राजेन्द्र प्रशाद भट्टले विद्यार्थी शिक्षकले मेहनत गर्न नसक्दा नतिजा चिन्ताजनक आएको बताए । पछिल्ला दिनहरुमा एसइईको नतिजा निरासाजनक खस्किन थालेपछि सर्वत्र चिन्ता व्यक्त गरिएको छ । शिक्षा सुधारका कार्यक्रममा सरोकारवाला जिम्मेबार हुनुपर्नेमा जोड दिएका छन ।
