धनगढी,असार १४
माध्यामिक शिक्षा परीक्षा(इसइई)मा कञ्चनपुरको एक सामुदायिक विद्यालयले उत्कृष्ठ नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका १८ कटानको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण)ले उत्कृष्ठ नतिजा ल्याएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसइई परीक्षा ०८०को नतिजा अनुरुप महेन्द्रनगर मावि(साधारण)का अधिकाँस विद्यार्थी उर्तिण भएका छन ।
कुल २८१ विद्यार्थी मध्ये २६१ उर्तिण र २० मात्रै अनुतिर्ण भएको विद्यालयले जनाएको छ । महेन्द्रनगर नमुना मावि(साधारण)स्कुल मावि सह संयोजक गंगादत्त भट्टले कुल २८१ विद्यार्थी मध्ये ८जना परीक्षमा सहभागि नभएको बताए । उनका अनुसार २६ विद्यार्थीले एप्लस, १०२विद्यार्थीले ए, १०४विद्यार्थीले बि प्लस र २९विद्यार्थीले बि प्लस ल्याएका छन ।
०८०को एसइईमा महेन्द्रनगर मावि साधारणका विद्यार्थी हिमाल विष्ट भएका छन । विष्टले ३.९५जिपिएर ल्याएका छन । महेन्द्रनगर नमुना माविका अध्यक्ष बिरेन्द्रराज विष्टले विद्यार्थी, शिक्षकको मेहनतले नतिजा उत्कृष्ठ ल्याउन सफल भएको बताए । आगामी दिनमा थप गुणस्तरिय नजिताका लागि विद्यालयले थप प्रयास गर्ने बताए ।
