राष्ट्रिय वन दिवस वृक्षरोपण गरी मनाइयो वनदेवी सामुदायिक वनले

हेमा भट्ट
कञ्चनपुर :  राष्ट्रिय वन दिवसको उपलक्ष्यमा कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट स्थित वनदेवी सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा शुक्रबार सामुदायिक वन भित्र वृक्षारोपण गरी मनाइयो ।

वनदेवी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष निरज भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कृष्णपुर नगर कार्यपालिका सदस्य कालिका चौधरीको प्रमुख आथित्यतामा सयौं बृक्षको बोट रोपेका थिए ।

“रुख रोपौं वन जोगाऔं” भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी वनदेवी सामुदायिक वन क्षेत्रमा वन संरक्षरण र सम्वद्र्धन गर्न सामुदायिक वनले वृक्षारोपण कार्यक्रम गरेकाे वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निरज भण्डारीले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि कृष्णपुर नगरपालिका नगर कार्यपालिका सदस्य कालिका चौधरी विशिष्ट अतिथि सबडिभिजन बन कार्यालय पिपरिया कन्चनपुर प्रमुख नवीन सिंह अतिथि उग्रतारा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मदन राना, सीता सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पुनाराम चौधरी, जानकी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी सहभागी रहेको थियोे । कार्यक्रममा विभिन्न जातका विरुवा रोपेको यसले वनलाई अझ आकर्षक र मनोमहक बनाउने नगर कार्यपालिका सदस्य कालिका चौधरीले धारणा राख्दै वन व्यवस्थापन र संरक्षणको लागि पनि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply