धनगढी,असार १६
कैलालीको धनगढी उपमहानगरपालिका–३ जानकी मन्दिर टोलकी २२ वर्षीया सुनिता देउवा ६ दिनदेखि बेपत्ता छिन् ।
उनी असार ११ गते दिउँसो आफ्नै घरबाट नजिकै रहेको दिदीको घर जान्छु भनेर हिँडेकीमा आजसम्म सम्पर्कमा नआएकी उनका भाइ निर्मल देउवाले बताए । सुनिताले घरबाट निस्किसकेपछि एकचोटि फोन गरेर पहाड आएको बताएकी त्यसपछि भने उनको मोबाइल अफ रहेको निर्मलले बताए ।
प्रहरीमा खोजीका लागि निवेदन दिएर लोकेसन पत्ता लगाउँदा अन्तिम पटक सुनिता लम्कीमा रहेको देखाए पनि त्यसपछि भने मोबाइल अफ रहेकाले लोकेसनसमेत थाहा हुन नसकेको उनले बताए ।
सुनितालाई कसैले देखे नजिकको प्रहरी वा ९८४८७९५३६५ मा सम्पर्क गरी खबर गरिदिन अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
