बसको ठक्करबाट एकको मृत्यु, एक घाइते

 २६ असार २०८१
कैलाली : बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिका-६ का नन्दराम चौधरी रहेका छन् । वीरगन्जबाट धनगढी आइरहेको बा १५ ख १४१० नम्बरको बसले सुपप्र ०१-००१प४६५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ । गोदावरी-६ हरैयामा उक्त दुर्घटना भएको थियो दुर्घटनामा गोदावरी-८ जमुनानगरका लेखकराज जोशी घाइते भएका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए । चौधरीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । बस चालक हेटौँडा-१३ बस्ने ३५ वर्षीय रामशरण घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply