कन्चनपुर भन्सार राजस्व संकलनमा उत्कृष्ट

गणेश क्षेत्री
धनगढी : सुदूरपश्चिम प्रदेश को मुल भन्सार कन्चनपुर भन्सार कार्यालय गड्डाचौकी महेन्द्रनगर ले ९१. १२ प्रतिशत राजस्व असुली गरेर राजस्व संकलनमा उत्कृष्ट भन्सार मा पर्न सफल भएको छ
बार्सिक लक्ष्य ५९ करोड ६९ लाख ७ हजार रहेकोमा ५४ करोड ३८ लाख ९० हजार राजस्व संकलन गरेको कन्चनपुर भन्सार कार्यालय का सुचनाअधिकारी तेज बहादुर रावल ले बताउनुभयो
मुलभन्सार भएपनी कन्चनपुर भन्सार बाट पेट्रोलियम पदार्थ भने नभित्रीने गरेको रावल ले बताउनुभयो
सुदूरपश्चिम प्रदेशको मुलभन्सार धनगढी बाट मात्रै पेट्रोलियम पदार्थ भित्रीने गरेको तरपनि राजस्व संकलन भने लक्ष्य अनुरुप नहुने गरेको पाइएको छ ।राजस्वको झन्डै ४५ प्रतिशत पेट्रोलियम पदार्थ ले धानेको केही समय अघिको रिपोर्टिङ मा यसै अनलाइन मार्फत समाचार प्रकाशित भएको थियो ।भन्सार कार्यालय धनगढी का कर्मचारी नै रकमी मोहमा डुबेकोले राजस्व संकलनमा कमि आएको पाइएको छ
मुल भन्सार धनगढी ले लक्ष्य को ६९. २५ प्रतिशत राजस्व संकलन गरेको थियो । सत्ती भन्सार कार्यालय खक्रौलाले भने लक्ष्यको झन्डै ८३ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ
कन्चनपुर को महेन्द्रनगर नाका अन्त्रगत कपडा , हार्डवेयर , भाँडाबर्तन , साइकल का सामान भित्रीने गरेको छ भने निर्यात हुने सामानमा लगभग न्यून नै रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply