बिरेन्द्र बिद्या मन्दिर क्याम्पसका विद्यार्थीले गरे रक्तदान

गणेश क्षेत्री
धनगढी : रक्तदान जिवन दान भन्ने नाराका साथ टीकापुर १ बिरेन्द्र बिद्या मन्दिर क्याम्पस मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ
प्रेम सिह तिरुवाको सभापतित्वमा भएको कार्यक्रम मा क्याम्पस प्रमुख हर्क भन्डारि प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा दन्ड पाणि पोख्रेल रहनुभएको थियो

प्रमुख अतिथि भन्डारि ले रक्तदान गरेर जिवनदान दिनु भनेको सबैभन्दा ठुलो पुण्य को काम भएको बताउनुभयो
भन्डारिले दुर्घटना होस वा सुत्केरी भएर अथवा अन्य रोगको कारण ले रगत को अभावमा ज्यान समेत जान सक्ने हुनाले आफ्नो रगत दिएर कसैको ज्यान बचाउन सक्ने मान्छे भन्दा मानबता भएको मान्छे कोहि हुदैन भन्नुभयो

विशिष्ट अतिथि दन्ड पाणि ले दुर्घटना होस वा कुनै घटना त्यो अवस्थामा रगत को अभावमा कसैको ज्यान पनि जान सक्छ तर तपाईं ले दिएको रगत ले कसैको घरको सदस्य को ज्यान बच्छ भने तपाईं हामि किन रक्तदान गर्न पछि पर्ने ? आउनुस हामि तपाईं सबै मिलेर रक्तदान गरौ भन्नुभयो
रक्तदान मा सरिक भएकि बिध्यार्थि कन्चन सोडारि ले रगत त्यसै खेर जान्छ रक्तदान गरेमा फेरि उहि अवस्थामा आउँछ र कसैको जिवन बाँच्छ भने रक्तदान गर्न कसैले कन्जुस्याइँ गर्न हुँदैन भन्नुभयो

स्वतन्त्र बिध्यार्थि युनियनका सभापति नबिन अधिकारिले रक्तदान कार्यक्रम मा ३२ प्वाइन्ट रगत संकलन भएको र त्यो रगत ले रगत को अभावमा कसैले मृत्युु बरण गर्नु नपरोस कसैको सिन्दुर पुछिन हुदैन भनेर बिध्यार्थि भाइ बहिनिले गरेको प्रयास खेर नजाने बताउनुभयो

उक्त संकलन भएको रगत रेडक्रस उपशाखा टीकापुर लाइ हस्तान्तरण गरिएको १० पटक रक्तदान गरेका बिध्यार्थि सम्राट क्षेत्री ले बताउनुभयो
कार्यक्रम को सन्चालन स्वतन्त्र बिध्यार्थि युनियन का सदस्य मिनराज सार्किले गर्नुभएको थियो र कार्यक्रम को स्वागत स्वतन्त्र बिध्यार्थि युनियन का सभापति नबिन अधिकारी ले गर्नुभएको थियो

रक्तदान कार्यक्रम अतिरिक्त क्रीयाकलाप तथा समुदाय समन्वय समिति स्वतन्त्र बिध्यार्थि युनियन बिरेन्द्र बिद्या मन्दिर क्याम्पस ले गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply