पछिल्लो तीन वर्षमा दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या घट्यो, सचेतना मुलक कार्यक्रमले दुर्घटनामा कमी आएको दावी

धनगढीः साउन २४
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले पछिल्ला तीन बर्ष यता सवारी दुर्घटना संख्या घटिरहेको देखिएको छ । ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष ०८०÷०८१ मा ५६ दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका छन । भने ७४ जना गम्भिर घाईते र ६ समान्य घाईते भएका छन ।

आर्थिक बर्ष ०७८÷०७९ मा ९७ सवारी दुर्घटनामा ३३ मानिसले ज्यान गुमाए, ८७ गम्भिर र ६० समान्य घाईते भएका छन् । आर्थिक बर्ष ०७९÷०८० मा दुर्घटना संख्या घटेर ६३ मात्रै भएका छन । जसमा ४३ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाईते, ३ समान्य घाईते भएका छन् । अघिल्लो बर्षको तुलनामा गत बर्ष कम दुर्घटनामा ११ कम मानिसले ज्यान गुमाएका छन ।

पछिल्ला बर्षहरुमा ट्राफिक कार्बाही जरिवाना समेत कम हुँदै गएको छ । आर्थिक बर्ष ०७८÷०७९ का १५ हजार, ५५९ सवारी साधनमाथि कार्बाही गरेर ८६ लाख, ५४ हजार, ५ रुपैया जरिवाना बाफत राजस्व संकलन भएको थियो ।

आर्थिक बर्ष ०७९÷०८० मा २५ हजार, ५२९ सवारी साधनमाथि कार्बाही गरेर १ करोड ५० लाख, ६५ हजार, ५ सय रुपैया जरिवाना संकलन भएको थियो । गत आर्थिक बर्षमा १२ हजार, ४९९ सवारी साधनमाथि कार्बाही गरेर ७९ लाख, ४८ हजार, ५०१ रुपैया राजस्व संकलन भएको छ । अहिले ट्राफिक जरिवाना सिधै बैकिङ्ग तथा अनलाईन विधीबाट भुक्तानीको व्यवस्था रहेको छ ।

पछिल्ला तीन बर्षको तुलनामा गत आर्थिक बर्षमा ट्राफिक जनचेतनामुलक कार्यक्रम समेत थुप्रै भएका छन । आर्थिक बर्ष ०७८÷०७९मा ३२ पटक सचेतनामुलक कार्यक्रम गरेर २हजार १८५ र आर्थिक बर्ष ०७९÷०८०मा ९८पटक सचेतनामुलक कार्यक्रम गरेर १० हजार, ४१२ र गत बर्ष ०८०÷०८१ मा ४ सय ४७ पटक ट्राफिक सचेतनामुलक कार्यक्रममा ३५ हजार, २३७ मानिसलाई सचेत गराईएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले पछिल्ला बर्षहरुमा ट्राफिक सचेतनामुलक सहितका कार्यक्रम संचालन गरेर दुर्घटना न्यूनिकरण गर्न लागिएको बताए । ट्राफिक इन्चार्ज विकले चालकदेखि स्कुले विद्यार्थी सरोकारवालाहरुलाई पटक पटक सचेतना गराईएको बताए ।

‘हामीले जरिवाना भन्दा सचेतना एव ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम अघि बढाऔँ, ‘उनले भने, ‘बजारमा व्यवस्थित पार्किङ्गदेखि राजमार्ग गाँउका भित्रि सडकहरुमा सचेतनामुलक नियमित चेकजाँच बढाएका छौँ ।’

सवारी साधनका चालकहरुको मपासे, लापसे सहितको स्वास्थ्य चेकजाँच गर्नेदेखि नियमित सचेतनामुलक कार्यक्रम गर्दैै गएपछि गत बर्ष केही सवारी साधन दुर्घटना कम भएको उनले बताए ।

कञ्चनपुरमा दुईं पाङग्रेस सवारी साधन बढि दुर्घटनामा पर्ने, किशोर समुह, मदिरा सेवन गरेर सवारी साधन चलाउने व्यक्ति बढि दुर्घटनामा पर्दै गएको उनले बताए ।

सवारी दुर्घटना न्यूनिकरणका लागि सडक सरचनादेखि थुप्रै तत्वहरुको कारण प्रभाव हुने भएकाले स्वयम चालक एव यात्रुले समेत उच्च सर्तकता अपनाएर यात्रा गर्नुपर्नेमा ट्राफिक प्रहरीको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply