प्रभावकारी बन्दै खक्रौला नाकाको ‘हेल्थ डेस्क’,३० हजार ४५ जना परीक्षण

गणेश क्षेत्री
धनगढी – कैलाली जिल्लाको महत्त्वपूर्ण नाका मानिने टीकापुर नगरपालिका खक्रौला स्थित हेल्थ डेस्क को आर्थिक वर्ष २०८०/८१ मा भारत देखि नेपाल आउने नेपाली नगरीकन ३० हजार ४५ जनालाई स्वास्थ सम्बन्धि जनचेतनामूलक परामर्श दिएको हेल्थ डेस्कका इन्चार्ज मकेन्द्र रोकाया ले बताएका छन्
भारत बाट नेपाल भित्रीन लागेका मध्य कोभिड १९ जाँच १ हजार ३२ , मलेरिया जाँच ३ हजार ५ सय ७१, एच आइ भि जाँच १ हजार ८ सय ४९, क्षयरोग सम्बन्धि स्क्रिनिङ गरेको ९ हजार ५ सय ५६ ,प्राथमिक उपचार गरेको १ हजार १८ कन्डम बितरण गरेको ४ हजार ३ सय ९२ जना त्यसैगरी स्वास्थ्य सम्बन्धि जनचेतनामूलक परामर्श २२ हजार ७ सय ८३ जनालाई दिइएको रोकायाले बताएका छन्
विशेष गरेर ईन्डिया को सुरत तथा अन्य ठाउँ बाट नेपाल आउने ब्यक्तिहरुमा डेङ्गु , मलेरिया देखिने गरेको पाइएको छ ! ईन्डिया बाट नेपाल आइपुगेका टीकापुर १ का ललित साउँद ले हेल्थ डेस्क बाट स्वास्थ चेकजाँच का साथै परामर्श बाट आफु लाभान्वित भएको बताए
इन्चार्ज रोकायाले रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेश भएको बताउँदै सानो सानो तर महत्त्वपूर्ण कुरा जस्तै सरसफाइ , स्वस्थ्य खानेकुरा , सफा खानेपानी र नियमित ब्यायाम मा मात्रै ध्यान दिनेहो भने पनि करिब ७० प्रतिशत रोग आफै कम हुने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply