प्रेस बिज्ञप्ति । कैलालीको अधिकांश स्थानमा पछिल्लो दुई दिन देखि लगातार परि रहेको भारी बर्षका कारण जनजिवन प्रभावित

भाद्र ६,धनगढी:
प्रेस बिज्ञप्ति । कैलाली जिल्लाको अधिकांश स्थानमा पछिल्लो दुई दिन देखि लगातार परि रहेको भारी बर्षका कारण जनजिवन प्रभावित भएको छ । बर्षाका कारण नदीहरुमा आकस्मिक बाढीको तह तथा नदीको बहाव निरन्तर बढदै गएकाले सडक, पुल लगायत किसानहरुको खेती योग्य जमिन कटान हुँदै गएको छ भने नदीहरूमा आएको बाढीले होचो भू–भाग डुवान भई नागरिकले घर भित्र राखेको खाद्यान्न, लुगाकपडामा क्षति पुग्नुका साथै पशुचौपाय, बालबालिका र वृद्धबृद्धाहरुको जनजिवन कष्टकर भएको छ । अझै केही दिन लगातार पानी पर्ने सम्भावना रहेकोले कैलाली जिल्लाको मोहना, कान्द्रा, खुटिया, कर्णाली, गौरीगंगा, लिक्मा, शिवगंगा पथरैया र गोदावरी नदी लगायत अन्य सहायक नदीहरुमा पानीको वहाब बढ्ने हुँदा यी नदि तटिय क्षेत्रका आसपासमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कताका साथ बस्न र वाढी डुबानबाट हुने क्षतिकम गर्न तथा खाद्यन्न लगायत पशुचौपायलाई उच्च स्थानमा स्थानान्तरण गर्न तिनै तहका सुरक्षा निकाय, रेडक्रस लगायत विभिन्न सामाजिक संघ संस्था र नागरिक स्वयम्लाई विपतिको सामना गर्न हार्दिक अपिल गर्दछौं ।

यस अवस्थामा नागरिकको जिउधनको सुरक्षा गर्न र बाढिबाट प्रभावित मानिसहरुको तत्काल उद्धार र राहतमा लाग्न तथा क्षतिको एकिन आँकलन गरि नागरिकलाई क्षतिपूर्ति दिन तिनै तहका सरकारलाई नेपाली काँग्रेस कैलाली आग्रह गर्दछांै । बाढी र डुवानबाट बिस्थापित स्थानिय नागरिकलाई राहत र सुरक्षित स्थानमा स्थानान्तरण र मानविय क्षतिलाई कम गर्ने सरकारबाट गरिने सबै प्रयास गर्न आग्रह गर्दछौं ।

यस बिपतको बेलामा वाढीवाट प्रभावित जनतालाई राहत र उद्धारमा सहयोग गर्न नेपाली काँग्रेस कैलाली पार्टीका सबै तह तथा भातृ एवम् शुभेच्छुक संस्थालाई आवहान गर्दैछौ । नृप बहादुर सुनार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply