भाद्र ७,धनगढी:
कञ्चनपुरबाट १ लाख बढीका सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ६ हजार ८ सय मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त मूल्य बराबरको जुत्ता, चप्पल, जुत्ती, धोती, कुर्ती, सुट, थान कपडा, डोपट्टा, चुडी, फलामको जक्सन, साईकलको सामान, किरानाको सामान, हार्डबेयरको सामान लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
