सुदूरपश्चिम प्रदेश कञ्चनपुरमा पनि बुढी पोल्ने पर्व मनाईयो

धनगढी असोज २
सुदूरपश्चिम प्रदेश कञ्चनपुरमा पनि बुढी पोल्ने पर्व मनाईएको छ । सुदूरपश्चिमेलीहरुका विभिन्न समुदायले बुढी पोल्ने पर्व मनाएका हुन । असोज संङक्रान्तिको दिनमा मनाईने यस यस बर्षपनि मनाईएको छ ।

सुदूरका पहाडी जिल्लाहरुका अधिकाँस गाँउठाँउहरुमा मनाएसंगै कञ्चनपुरका केही गाँउबस्तीमा मनाईएको हो । भीमदत्त नगरपालिका १०गज्जरका स्थानीय जानकार युवा गोर्कण महरले राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा यो पर्व हरेक असोज संङक्र्रांन्तिका दिन मनाईने बताए ।

भगवान कृष्णले आरक्षस रुपी महिलामाथि विजयी गरेको स्मृतिमा बुढी पोल्ने पर्व

मनाईन्छ । उनका अनुसार भीमदत्त नगरपालिका १०का वडा सदस्य हर्कराज गिरी, स्थानीय समाजसेवी नर बहादुर मरहा, नर बहादुर ठगुराठी, पुष्कर पाण्डेय सहितको सहभागितामा पर्व मनाईएको छ । भीमदत्त नगरको गज्जर सहित जिल्लाका विभिन्न स्थानमा बुढीपोल्ने पर्व मनाईएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply