कृष्णपुर नगरपालिकाद्वारा उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान

हेमा भट्ट,जेठ ६
कञ्चनपुर – कृष्णपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखाले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ।

नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत लबरु राना थारु उच्च शिक्षा छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन हुने भएकाले नगरपालिका क्षेत्रभित्रका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आवेदन माग गरिएको हो।

नगरपालिकाले अपाङ्गता भएका विद्यार्थी, दलित, जनजाति तथा अति सीमान्तकृत, लोपोन्मुख एवं सीमान्तकृत समुदायका विद्यार्थीहरू, साथै मुक्त कमलहरी विद्यार्थीहरूलाई प्राथमिकतामा राखेको जनाएको छ।

आवेदन दिने अन्तिम मिति २०८३ साल जेठ १२ गते कार्यालय समयभित्र तोकिएको छ।

आवेदनका लागि सम्बन्धित क्याम्पसको सिफारिस पत्र, नेपाली नागरिकता वा जन्मदर्ता, अध्ययनरत तह खुल्ने कागजात, तथा आवश्यक परिचयपत्रहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

नगरपालिकाले तोकिएको म्यादभित्र सम्पूर्ण कागजातसहित आवेदन दिन सम्बन्धित विद्यार्थीहरूलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply