कृष्णपुरमा बाघको आक्रमण : सामुदायिक वनका हेराला घाइते, सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

हेमा भट्ट, जेठ ४
कञ्चनपुरको -६ स्थित एकता सामुदायिक वन उपभोक्ता समूह क्षेत्रमा बाघको आक्रमण हुँदा वन हेराला सन्तराम चौधरी घाइते भएका छन्।
वनको नियमित रेखदेख गर्ने क्रममा सन्तराम चौधरी र रविन्द्र चौधरी जंगल क्षेत्रमा पुगेका बेला अचानक बाघले आक्रमण गरेको बताइएको छ। आक्रमणका क्रममा सन्तराम चौधरीको टाउको र हातमा गम्भीर चोट लागेको जनाइएको छ।

साथमा रहेका रविन्द्र चौधरीले ठूलो स्वरमा हल्ला गरेपछि तथा प्रतिकारको प्रयास भएपछि बाघले सन्तरामलाई छाडेर जंगलतर्फ भागेको घाइते सन्तराम चौधरीले रैकवार खबर दैनिकलाई जानकारी दिएका छन्।

घटनापछि एकता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देबराम वड तथा कालिप्रसाद चौधरीको पहलमा घाइतेलाई तत्काल उपचारका लागि अत्तरिया अस्पताल लगिएको थियो। चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि धनगढीस्थित पठाउने तयारी भइरहेको अध्यक्ष वडले बताएका छन्।

घटनापछि सामुदायिक वन क्षेत्र आसपासका स्थानीयवासी तथा वन उपभोक्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। वन क्षेत्रमा एक्लै नजान, समूहमा मात्रै प्रवेश गर्न तथा जंगली जनावर देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरिएको अध्यक्ष वडले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply