हेमा भट्ट, जेठ ३
कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ स्थित निमेष क्लिनिक प्रा.लि.ले फार्मेसी सेवाका लागि कर्मचारी माग गरेको छ। क्लिनिकले विज्ञापन नं. ०८२/०८३-१ अन्तर्गत “वि. फार्मेसी/डि. फार्मेसी” पदमा १ जना कर्मचारी आवश्यक रहेको जनाएको हो।
क्लिनिकका अनुसार इच्छुक योग्य नेपाली नागरिकले व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्र तथा शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपिसहित दरखास्त पेश गर्नुपर्नेछ। आवेदन दिने उम्मेदवारले B.Pharm वा D.Pharmacy उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता नवीकरण गरेको हुनुपर्ने उल्लेख गरिएको छ।
उम्मेदवार छनोट प्रक्रिया अन्तर्वार्तामार्फत गरिने जनाइएको छ भने सेवा-सुविधा तथा तलब नेपाल सरकारको नियमानुसार उपलब्ध गराइने क्लिनिकले जनाएको छ। आवेदन दिने अन्तिम मिति २०८३ साल जेठ १० गते तोकिएको छ।
थप जानकारीका लागि ९८५८४२५२०२, ०९९-४१२१५३ वा nimeshhospital44@gmail.com मा सम्पर्क गर्न सकिने जानकारी क्लिनिकका प्रवन्ध निर्देशक डा. फुलराम चौधरीले दिएका छन्।

