हेमा भट्ट,
कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै शंकास्पद गतिविधिमाथि निगरानी बढाएको छ। आज बिहान संयुक्त प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलबाट दुई जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
ला.औ. नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको संयुक्त टोलीले शंका लागी खानतलासी गर्दा भीमदत्त नगरपालिका–४ भगतपुर बस्ने विद्यान बिष्ट र सुमित चौधरीको साथबाट शुद्ध तौल ४ ग्राम ६८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। पछिल्लो समय लागूऔषध नियन्त्रणमा प्रहरीले देखाएको सक्रियता र समुदायस्तरमा बढाइएको निगरानीलाई सकारात्मक रूपमा हेरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
