कञ्चनपुरमा एक महिलाद्बारा झुन्डिएर आत्महत्या

कञ्चनपुर – कञ्चनपुरमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन । कृष्णपुर नगरपालिका वडा नं ९ चपरतला सानाेगाउँ ४८ बर्षिय चिडिया चौधरिले आज साझ करिब ६:३० बजे आफ्नै घरमामा झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक झलक प्रसाद शर्मा ले जानकारी दिनुभयो । महिलाले के कति कारणले आत्महत्या गरिन भन्ने अझै खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागी धनगढी सेती प्रादेशिक अस्पतालमा लगिएको छ । सांकेतिक तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply