धनगढी असोज १६
अहिले कञ्चनपुर प्रहरी, लागुऔषध नियन्त्रण व्युरो महेन्द्रनगरको टोलीको सक्रियताले दैनिकजसो लागुऔषध प्रयोगकर्ता र व्यापारीहरु पक्राउ पर्न थालेका छन् । अहिले कञ्चनपुरको कारागारमा अधा भन्दा बढीको संख्यामा लागुऔषध सम्बन्धी मुद्धाका कैदीबन्दीहरु रहेका छन् । अहिले कारागारमा जम्मा ५ सय २२ जना कैदीबन्दीहरु रहेका छन् ।
जसमध्ये महिला २० पूरुषहरु ५ सय २ रहेका छन भने ति मध्ये, लागुऔषधका १ सय ९६ जना कैदीबन्दीहरु रहेका छन् । भारतसंगको खुल्ला सिमा नाकाले अहिले नेपाली बजारहरुमा सहजै लागुऔषधहरु पाईने गरेका छन् । प्रहरीहरुलाई सिमा नाका खुल्ला भएर नै यसको रोकथाममा प्रमुख चुनौती रहेको पाईन्छ ।
नेपालगन्जमा ठुलो परिमाणको खैरो हिरोईनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। महेन्द्रनगर व्युरोमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक केशव जोशीको कमान्डमा रहेको प्रहरी टोलीले मङ्गलवार ९९ ग्राम खैरो हिरोईनसहित एक भारतीय नागरिक र एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।
प्रहरी टोलीले उत्तर प्रदेशको रुपेडिया घर भएका ३३ वर्षीय भारतीय नागरिक राहुल शुक्ला र बर्दियाको गेरुवा गाउँपालिका–५ घर भएका ४१ वर्षीय बालचन्द्र कामीलाई पक्राउ गरेको हो।प्रहरीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा खैरो हिरोईन फेला परेको जनाएको छ।
प्रहरीले भारतीय नागरिक शुक्लाको ट्राउजरको खल्तीमा ९९ ग्राम खेरो हिरोईन फेला परेको जनाएको छ। पक्राउ परेका शुक्ला र कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको बताइएको छ।