एसईई आइडल को चौथो संस्करण मा रैकवार खबर मिडिया पार्टनर

धनगढी – सुदुरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आईडल ४ मा मिडिया पार्टनरका रुपमा रैकवार खबरको पनि साथ रहनेछ ।
तिन संस्करण को भब्य सफलता पछि एसइइ आइडलको को चौथो संस्करण सुपको ९ जिल्ला को ३० भन्दा बढि स्थानमा आयोजना हुने र मिडिया पार्टनर रैकवार खबर रहने भएको छ
एस बर्ष एसईइ मा सहभागी भएका बिध्यार्थिले प्रतियोगितामा सहभागी हुनसक्ने प्रभात मिडिया एन्ड इभेन्ट प्रालि ले जानकारि दिएको छ
सुदुरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन बिधाको प्रतियोगिता एसईई आइडल ४ मा रैकवार खबर मिडिया पार्टनर को रुपमा रहनेगरि सम्झौता भएको छ
रैकवार खबरका सम्पादक र प्रकाशक पदम सुनार ले प्रभात मिडिया लाइ मिडिया पार्टनरको रुपमा गरेको सम्झौता र बिश्वास लाई निरन्तरता र सफलता मा पुर्याउने बताउनुभयो
एस बर्ष पनि गत बर्ष झै नृत्य र गायन मार्फत आफ्नो प्रतिभा प्रतिस्पर्धात्मक प्रदर्सन गर्न प्रतियोगिले पाउने छन्
नृत्य र गायन बिधाका बिधाका उत्कृष्ट ३०,३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन बिधाबाट १५,१५ जना प्रतिस्पर्धिहरुले २०८२ असार १ गतेहुने फाइनलमा प्रवेश पाउनेछन्
फाइनल बाट दुबै बिधामा १,१ जना उपबिजेता बन्ने छन् ।दुबै बिधामा बिजेता र उप बिजेता ले क्रमशः ७५,७५ हजार र ३०,३० हजार सहित कक्षा ११ र १२ मा पुर्ण छात्रवृत्ति पाउनेछन् साथै दुबै बिधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धि ले कक्षा ११,१२ मा आंशिक छात्रवृत्ति पाउनेछन्
थप अडिसन स्थलहरुको खोजिभइरहेकोले प्रतियोगितामा सहभागी हुन इच्छुक बिध्यालय तथा प्रतियोगिहरुले सम्पर्क गर्न समेत आयोजक ले अनुरोध गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply