बालबालिका को रकममा भ्रष्टाचार भएको भन्दै उजुरी

गणेश क्षेत्री २ कार्तिक
धनगढी -बालबालिका लक्षित कार्यक्रम को रकम हिनामिना भएको भन्दै जिल्ला प्रशासन कार्यालय गडि बैतडी मा छानबिन गरिपाउँ भनि उजुरि परेको छ । बैतडी जिल्लाको सुर्नया गाउँ पालिका बाट बालबालिका लक्षित कार्यक्रम को ८ लाख मध्यको रकम बाट प्रत्येक वडा मा १ लाख को दरले छुट्याएको मा १० हजार मात्रै खर्च गरि बाँकि रकम हिनामिना गरेकोले बालबालिका को अधिकार् को हनन र भ्रष्टाचार भएको भन्दै राजन भट्टको उजुरी परेको हो
वडान ४ का स्थानीय राजन भट्ट बालसंरक्षण अधिकार सम्बन्धि कार्य गर्दै आइरहेका छन्
बालबालिका को लागि आएको रकम मा नै र्‍याल चुहाउनेहरुलाइ कानुन बमोजिम कार्बाहि गर्नुपर्ने बताउँदै यो कानुनि राज्य हो कानुनि उपचार को हकदार बालबालिका पनि भएको र न्याय पाउनैपर्ने रैकवार खबर सङ्ग कुरा गर्दै राजन भट्टले बताउनुभयो।
बालबालिका को हक अधिकार माथि खेलवाड गर्ने र भ्रस्टाचार गर्ने र गराउनेलाइ कानुन बमोजिमको कार्बाहिको माग गर्दै भट्टले जिल्ला प्रशासन कार्यालय गडि बैतडीमा उजुरि दर्ता गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply