सुदूरपश्चिम प्रदेश सरकारले एमबिबिएस पढ्न ९ जनालाई छात्रवृत्ति दिने

४ कात्तिक धनगढी
सुदूरपश्चिम प्रदेश सरकारले एमबिबिएस पढ्न ९ जनालाई छात्रवृत्ति दिने भएको छ । सरकारले सुदूरपश्चिम स्थायी घर भएका र चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका ९ जनालाई एमबिबिएस पढ्न छात्रवृत्ति दिन लागेको हो ।

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै उक्त छात्रवृत्तिका लागि कार्तिकको १३ गते भित्र आवेदन दिन भनेको छ । छात्रवृत्तिमा ५ सिट खुला, २ सिट महिला, १ सिट आदिवासी जनजाति र १ सिट पिछडिएको क्षेत्रका लागि छुट्टाइएको छ । प्रदेश सरकारले २०७६ साल देखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसै वर्षदेखि ३ जनालाई एमडी अध्ययनका लागि पनि छात्रवृत्ति दिन लागिएको सामाजिक विकास मन्त्री मेघराज खडकाले बताए । ‘प्रदेश सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरूले सुदूरपश्चिमका कुनै पनि अस्पतालमा २ वर्ष सेवा गर्नुपर्ने तर्सनामा गर्नुपर्छ, सर्त उलङ्घन गरे छात्रवृत्तिको दोब्बर रकम असुल उपर हुने प्रावधान छ’ मन्त्री खडकाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply