अख्तियार कञ्चनपुरमा २६० उजुरी दर्ता

४ कात्तिक धनगढी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा २६० उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा २६० उजुरी गर्दा भएका हुन ।
जसमा श्रावण महिनामा ११४, भाद्र महिनामा ८३, असोज महिनामा ५१ र कार्तिक महिनाको २ गते सम्म १२ उजुरी दर्ता भएका छन् ।

अख्तियारमा सबैभन्दा बढी उजुरी इमेल र हुलाकबाट पर्ने गरेका छन् । अख्तियारका अनुसार कुल उजुरी मध्ये ८१÷८१ उजुरी इमेल र हुलाकबाट परेका छन् । त्यसपछि ५७ उजुरी लिखित रूपमा परेका छन् ।

अख्तियारले आयोगको वेबसाइट, इमेल, टेलिफोन, प्रमुख जिल्ला अधिकारी मार्फत, फेसबुक, भइबर, मोबाइल एप, लिखित निवेदन, समाचार पत्र, हुलाक, हेलो सरकार लगायतका माध्यमबाट उजुरी लिने गरेको छ । उजुरीहरू अधिकांश स्थानीय तहका हुने गरेको अख्तियारका सूचना अधिकारी चेतराज भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply