नेकपा माओवादी केन्द्र कञ्चनपुरले पाटी सुदृढीकरण अभियान संचालन

९ कात्तिक धनगढी

नेकपा माओवादी केन्द्र कञ्चनपुरले पाटी सुदृढीकरण अभियान संचालन गरेको छ । माओवादीले दुई महिने संगठन सुदृढीकरण अभियान संचालन गरेको हो । अभियान अन्र्तरगत माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरको पूर्ण बैठक सम्पन्न भएको छ ।

दुई महिने पार्टी सुदृढीकरणको अभियानलाई सम्पन्न गर्न विभिन्न एजेन्डाहरूमा बैठकले निर्णय गर्दै पूर्ण बैठक सम्पन्न भएको छ ।बुधबार शुक्लाफाटा नगरपालिकाको झलारीमा सम्पन्न भएको बैठकले सुदूरपश्चिम प्रदेश पार्टीले सञ्चालन गरेको दुई महिने पार्टी सुदृढीकरणको अभियान सम्पन्न गर्न विभिन्न चरणका कार्य योजनाहरूमा छलफल भएको छ ।

काँग्रेस–एमाले नेतृत्वको सरकारले भ्रष्टाचार सरक्षणमा लागेको भन्दै भ्रष्टाचार बिरुद्धमा संघर्ष गर्र्न चेतावनी दिएको छ । सरकारी जमिन हडप्ने भ्रष्टाचारको मुद्दा खेपिरहेका व्यवसायी मिन बहादुर गुरुङ्गबाट खबौँ मुल्य पर्ने जमिन लिएर भ्रष्टाचारीलाई सरक्षण गरेको माओवादी केन्द्र कञ्चनपुरको ठहर छ ।

झलारीमा सम्पन्न बैठकमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक खेम पाण्डेयको अध्यक्षतामा भएको बैठकमा कञ्चनपुर जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य टेकेन्द्र प्रसाद भट्ट प्रमुख अतिथि रहनुभएको थियो। बैठकमा केन्द्रीय सदस्य देवीलाल चौधरी, लोकेन्द्र लम्साल, उर्मिला जोशी, माया नेगी र प्रदेश समितिका अध्यक्ष हरिराम चौधरी लगायतका अन्य केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु र जेष्ठ कम्युनिस्ट मञ्च तथा सल्लाहकार समितिका सदस्यहरु सहभागी रहेका थिए ।

बैठकले प्रदेश निर्वाचन क्षेत्र र नगर तथा वडा स्तरका बैठकहरू सम्पन्न गर्ने मिति तय गर्दै केन्द्रीय तथा प्रदेश स्तरका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ। यस्तै कैलाली र कञ्चनपुरका सबै वडास्तरमा मङ्सिर १२ गते भित्रै वडा सम्मेलनहरू सम्पन्न गर्ने गरी विभिन्न कार्यक्रमहरू तय गरेको बताएको छ। ुकेन्द्रीय सरकार र स्थानीय सरकारले गरेका भ्रष्टाचार तथा जनता विरोधी क्रियाकलापहरूको सशक्त विरोध गर्न र खबरदारी गर्न कार्यकर्ता तथा आम जनतालाई बैठकमा प्रमुख अतिथि रहनुभएका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य टेकेन्द्र भट्टले आह्वान गर्नुभएको छ। बैठकका प्रमुख अतिथि भट्टले ुअहिलेको सरकार जनताका समस्या समाधान गर्न र त्यस निर्माणको पक्षमा नभई भ्रष्टाचारीहरूको संरक्षण र संस्थागत भ्रष्टाचार गर्न सम्पूर्ण राज्य शक्ति लगाएर लागि परेकाले आम कार्यकर्ता र जनताले जागरुक हुन अपिल गर्दछु ।’

कार्यक्रममा प्रदेश अध्यक्ष हरिराम चौधरीले पार्टी संगठनहरू भित्र देखिएको सबै किसिमका समस्याहरूलाई क्रमिक रुपमा सुधार गर्दै आगामी दिनहरूमा पार्टी संगठनलाई विधिवत रुपमा कडाईका साथ संगठन सुदृढीकरणका अभियानहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा विभिन्न नगरपालिकाबाट सहभागी नेताहरूले पालिका तथा विभिन्न विभाग र संगठनहरूमा भएका समस्याहरूलाई बैठकमा राखेको बैठकमा सहभागी एकजना जिल्ला समिति सदस्यले जानकारी गराउनुभयो। बैठकको सञ्चालन जिल्ला समन्वय समितिका सचिव सहवीर सुनारले गर्नुभएको कार्यक्तममा जिल्ला कमितिका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply