५ मंसिर धनगढी
बुधबार सेयर बजार ९.०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७०११ अंकमा कायम भएको छ । बजार बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १० अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ९ करोडमा खुम्चियो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने ११ को स्थिर रह्यो ।
विकास बैंक समूह सबैभन्दा धेरै ३.३८ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स १.६६, होटल तथा पर्यटन ०.४५, हाइड्रोपावर १.२८, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०७ तथा व्यापार ०.२७ प्रतिशत बढे । बैंकिङ सेक्टर ०.२६ प्रतिशत घट्यो । त्यस्तै जीवन बीमा ०.१८, निर्जीवन बीमा ०.२१ र अन्य ०.०७ प्रतिशत घटे । उत्पादन समूह स्थिर रह्यो ।
८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, जानाकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।
गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । युनिक नेपाल लघुवित्तको ७.०६ प्रतिशत घट्यो । मूल्य घटेका अरुको ३ प्रतिशतभन्दा कम रह्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, जानाकी फाइनान्स, नेपाल फाइनान्स, हिमालय ऊर्जा विकास बैंक र बेस्ट फाइनान्स कम्पनी क्रमशः अगाडि रहे ।