२८ मंसिर २०८१
कञ्चनपुर – नेपाल पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेदवार सुरेश धामी निर्वाचित भएका छन् ।हासंघको शुत्रबार सम्पन्न नवौ अधिवेशनबाट प्रेस सेन्टरका उम्मेदवार राजेन्द्र प्रसाद अवस्थीलाई १२ मतले पराजित गरी धामी अध्यक्षमा निर्वाचित भएका हुन् । धामी प्रेस चौतारी कञ्चनपुरका पूर्व अध्यक्ष हुन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार अध्यक्ष निर्वाचित धामीले ५८ र प्रतिद्वन्द्वी अवस्थीले ४६ मत ल्याएका छन् ।
महासंघको उपाध्यक्ष (खुल्ला) मा प्रेस चौतारी प्रेस युनियनका साझा उम्मेदवार अमर बहादुर चन्द निर्वाचित भएका छन् । उनले ६६ मत ल्याएका छन् ।
उनी प्रेस युनियनका निवर्तमान अध्यक्ष हुन् । उपाध्यक्षमा उनका प्रतिस्पर्धी रमेश प्रसाद भट्टले ३५ मत ल्याएका छन् । यसैगरी शेर बहादुर सिहले २ मत ल्याएका छन् । सिहले उम्मेदवारी समय सकिएपछि उम्मेदवारी फिर्ता लिएका थिए । उपाध्यक्षमा खुलामा सबै उम्मेदवार प्रेस युनियनका हुन् ।
महिला उपाध्यक्षमा धर्मा रोकाया निर्वाचित भएकी छन् । प्रेस चौतारी प्रेस युनियनका साझा उम्मेदवार रोकायाले ६४ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी प्रेस सेन्टरकी चन्द्रिका चौधरीले ३१ मत ल्याएकी छन् । महिला उपाध्यक्ष निर्वाचित रोकाया प्रेस चौतारीकी केन्द्रीय सदस्य हुन् ।
प्रेस सेन्टरका उम्मेदवार मोहन विष्ट कोषाध्यक्षमा निर्वाचित भएका छन् । उनले चौतारी र युनियनका साझा उम्मेदवार लक्ष्मण पन्तलाई ४ मतले पराजित गरेका छन् ।
महासंघको ८ खुला सदस्यमा केशव भट्ट(७९), दिनेशराज ओझा (५७), धन बहादुर महता विकास(५४), भवानीदत्त भट्ट(भुवन) ६३, माधव पौडेल(५६), सुजित सिनाल(७४), सुरेश भट्ट (६९), हरिलाल जोशी(५२) मत ल्याएर निर्वाचित भएका छन् ।
यसैगरी दलित सदस्यमा चौतारी युनियनका साझा उम्मेदवार धन बहादुर बिक निर्वाचित भएका छन् । उनले सेन्टरका खडक कोलीलाई २ मतले पराजित गरेका छन् । विकले ५२ र कोलीले ५० मत ल्याएका छन् । ५९ मत ल्याएर दान सिह डगौरा आदिवासी जनजाति सदस्य निर्वाचित भएका छन् । उनले सेन्टरका नरेश रानालाई पराजित गरे । रानाले ३१ मत ल्याए ।
महासंघको सचिवमा कुन्दन पाण्डेय, समावेशी सह सचिवमा किशोर कुमार तामाङ्ग, महिला सदस्यमा ऐश्वर्या कुँबर यस अघि निर्विरोध निर्वाचित भएका थिए ।
नवौ अधिवेशनमा १ सय ७ मत खसेको थियो । महासंघ कञ्चनपुरमा १ सय १६ सदस्य छन् ।
नेपाल पत्रकार महासंघ कंचनपुर शाखाकाे शुक्रवार सम्पन्न निर्वाचनमा जम्मा १०७ मत खसेकाे थिए ।
अध्यक्ष-राजेन्द्र प्रसाद अवस्थी ४६,सुरेश धामी ५८,उपाध्यक्ष-रमेश भट्ट ३५,अमर ब चन्द ६६
शेर ब सिह २,महिला उपाध्यक्ष-चन्द्रिका चाैधरि ३१,धर्मा राेकाय ६४,सह सचिवमा-गाेकुल जाेशी ५६,चन्द्रकान्त जाेशी ३८,महादेव अवस्थी ४
काेषाध्यक्ष -लक्ष्मण पन्त ५१,माेहन बिष्ट ५५
दलित सदस्य-खडक काेली ५०,धन ब बिक ५२,जनजाति-दान सिंह डगाैरा ५९,नरेश राना ३१,खुला सदस्य- केशव भट्ट ७९,दिनेश राज ओझा ५८,दिपक राज अवस्थी ३१,धन ब महता बिकास ५४,पदम ब सुनार २७,वीर सिह ऐर ४५,भाेजराज जाेशी ४८,भवानि भट्ट भुवन ६३,भुपि उपाध्याय ४४,माधव पाैडेल ५६,सुजित सिनाल ७४,सुरेश भट्ट ६९,हरिलाल जाेशी ५२प्राप्त गरेका थिए ।