अछामको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान सफल

१३ पुस धनगढी
अछामको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान गरिएको छ । दिउँसो ३ बजे तारा एयरको जहाजमार्फत विमानस्थलमा परीक्षण उडान गरिएको हो ।

क्याप्टेन सञ्जिव श्रेष्ठले परीक्षण उडान सफल भएको बताउँदै कमलबजार विमानस्थलमा नियमित उडान गर्न समस्या नरहेको बताए । उनले धावनमार्ग कालोपत्रे भए झनै सहज हुने बताए ।

निर्माण सुरु भएको ३२ वर्षपछि विमानस्थलमा परीक्षण उडान भएको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply