त्रिभुवन युवा क्लब पुनर्वास द्वारा खेल सम्पादन हिसाब सार्बजनिक

धनबहादुर बिक –
पुनर्वास – पौष १४
पुनर्वास नगरपालिका ६ मा रहेको त्रिभुवन युवा क्लब ले हालै सम्पन्न खेलकुद प्रतियोगिता को हिसाब सार्वजनिक गरेको छ
८१ /७/ २३ गते बाट सुरु भई मंसिर ४ गते समापन भएको कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ स्तरिय अन्तर क्लब पुरूष फुटबल प्रतियोगिता को हिसाब क्लबले सार्बजनिक गरेको हो ।

क्लबका कोषाध्यक्ष सन्त कुमार भट्ट ले ५ लाख ७६ हजार ११५ रूपैया बराबरको आयव्यय हिसाब सार्वजनिक गरेका छन ।
आईतवार त्रिभुवन युवा क्लब को खेलमैदान प्राङ्गणमा क्लबले आयोजना गरेको कार्यक्रममा खेल सम्पादनमा भएको सम्पुर्ण आयव्यय हिसाब पेश गरिएको थियो ।
खेल सञ्चालन का लागी पुनर्वास नगरपालिका वडा नम्बर ६ वडा कार्यालय बाट कर कट्टी गरि २ लाख ८२ हजार प्राप्त भएको , चन्दा संकलन बाट २ लाख ९० रूपैया , क्लबका आजिबन सदस्य बापत १० हजार २५ रूपैया र प्रतियोगिता का लागि क्लब ईन्ट्री शुल्क बापत ८४ हजार प्राप्त भएको क्लबका अध्यक्ष जितबहादुर तामाङले बताए ।
फुटबल प्रतियोगिता अत्यन्तै शान्तिपूर्ण ढङ्गले सञ्चालन गरि कुनै बिबादरहित किसिमले खेल समापन गर्न सफल भएकोमा वडा अध मित्र सिंह लामाले आयोजक क्लब परिवारलाई धन्यवाद दिएका थिए ।

प्रतियोगितामा प्रथम हुने झिलमिला युवा क्लबलाई १ लाख नगद ट्रफि मेडल प्रदान गरिएको थियो भने दोस्रो स्थान आयोजक त्रिभुवन युवा क्लब भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply