एसईई आइडलका दुइ अडिसन चुरेमा सम्पन्न ।

पुष १९ धनगढी
प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको नवौं र दशैं अडिसन आज कैलालीको पहाडी पालिका चुरेमा सम्पन्न भएका छन् । नवौं अडिसन चुरे गा.पा.को खानीडाँडा स्थित शुक्र माध्यमिक विद्यालय सम्पन्न भएको छ । उक्त अडिसनमा गायन तर्फ ४ र नृत्य तर्फ ३ जना विद्यार्थीहरुले भाग लिएका थिए । नवौं अडिसनमा शुक्र मा.वि., खानीडाँडा र लक्ष्मी मा.वि., बुढीतोलाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका बारेमा बोल्दै विद्यालयका प्र.अ. खडक ऐरले यस्ता खाले प्रतियोगिता विद्यार्थी र विद्यालयका लागि आवश्यक भएको कुरामा जोड दिँदै यस्ता प्रतियोगिता नियमित रुपमा आवश्यक भएको बताए । नवौं अडिसन कार्यक्रमको संचालन विद्यालयका शिक्षक पुण्डरी प्रसाद शर्माले आयोजना गरेका थिए ।


यसै गरि भैरब मा.वि. मा सम्पन्न दशैं अडिसनमा गायनमा ९ र नृत्यमा ६ जनाको सहभागिता रहेको थियो । दशौं अडिसनमा भैरव मा.वि. र मोहन्याल मा.वि. का विद्यार्थीहरुको सहभागिता रहेको थियो । अडिसन कार्यक्रममा बोल्दै भैरव मा.वि. का प्र.अ. केशवराज ओझाले आजको प्रतिस्पर्धात्मक समयमा विद्यार्थीहरुले पढाईका साथै अन्य कुरामा पनि अब्बल हुनुपर्ने कुरामा जोड दिए । नवौं अडिसन कार्यक्रमको संचालन विद्यालयका शिक्षक रमेश छेडालले आयोजना गरेका थिए ।

गत तीन संस्करणको भव्य सफलतापछि सुरुभएको एसईई आइडलको चौथो संस्करणको सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछन् । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् । यस सालको साउन देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुँदैछन्, जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने सेमिफाइनलमा प्रवेश पाउनेछन् भने सेमिफाइनलमा उत्कृष्ट हुने नृत्य र गायन विधाका १५-१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।

फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता छनोट गरिनेछ । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ७५-७५ हजार र रु. ३०-३० हजार नगद सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले पनि कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply