गणेश क्षेत्री
पुष २६ धनगढी –
धनसिहपुर कृषि सहकारी संस्था लिमिटेड को ९ औ बार्षिक साधारणसभा टीकापुर नगरपालिका वडान ८ मा सप्पन्न भएको छ
सहकारी का अध्यक्ष धनसिह साउद को सभापतित्वमा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडान ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्ला प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिमा रानिजमरा कुलरिया सिचाइ आयोजनाका पुस्पराज भारति रहनुभएको थियो
प्रमुख अतिथि ठकुल्ला ले धनसिहपुर कृषि सहकारी ले कृषकहरुको जिवनस्तर उकास्न महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । ठकुल्लाले सहकारीको मेरुदण्ड भनेको सेयरसदस्य भएकोले सेयर सदस्य को साथै सेयरपुँजि बढाउनुपर्ने बताउनुभयो
प्रमुख अतिथि अध्यक्ष ठकुल्ला ले भारतिय बिउबिजन लाइ लगभग बिस्थापित गर्दै कृषि सहकारी ले गुणस्तरिय बिउबिजन को उत्पादन प्रदर्सन गरेर मन जित्न सफल भएको बताउदै स्थानीय र गुणस्तरिय बिउबिजन प्रयोग गर्न कृषकहरुलाइ आग्रह गर्नुभयो
विशिष्ट अतिथि रानिजमरा का भारति ले बिउबिजन को क्षेत्रमा क्रान्ति गर्न सफल कृषि सहकारी धनसिहपुर कृषि सहकारी भएको बताउनुभयो
उपाध्यक्ष तिलक बोहराको स्वागत मन्तव्य सङ्गै शुरु भएको कार्यक्रममा सत्ति कर्णाली सामुदायिक बनका अध्यक्ष जितराम चौधरी , उज्यालो बहुउद्देश्यीय सहकारी का ब्यवस्थापक रामकृष्ण चौधरी , वडा सदस्य भरत साउद ,दिगो बिकास सहकारी को जमुना पि बिक , पुस्तकालय का मनिराम ढुङ्गाना ,समाजसेवी पदमराज जैशि , पत्रकार गणेश क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो
सन्चालक समितिको तर्फबाट अध्यक्ष धनसिह साउद ले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने ब्यवस्थापक मुना घर्तिमगर ले आयब्यय विवरण प्रस्तुत गर्नुभएको थियो
२०७२ सालमा ३१ जना सेयरसदस्य हरुबाट ९३ हजार रुपैयाँको सेयरपुँजि बाट सुरु भइ हाल ३ सय ३५ जना सेयर सदस्य सहकारी मा आवद्ध छन् भने २ करोड ४७ लाख ७६ हजार ९ सय १४ रुपैयाँ को चालु तथा गैर चालु सम्पति सहकारी को रहेको छ
यस आर्थिक बर्षमा सहकारी ले २ लाख ३५ हजार ३ सय ६६ रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ
आज भएको चुनावी साधारणसभा ले मंगल थारु को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ! उपाध्यक्षमा तिलक बोहरा , सचिब खगेन्द्र प्रसाद उपाध्याय कोसाध्यक्ष कृष्णा चौधरी , सदस्य नवलसिह साउद , खेम बोहरा , तेज बहादुर साउद, लक्ष्मी कुमारि धामि ,पार्बति कु थारु, हिरा कुमारी , कृष्ण बहादुर चयन भएका छन्
सभापतिको आसन बाट बोल्दै अध्यक्ष धनसिह साउद ले सहकारी ले २ कठ्ठा १४ धुर जमिन खरिद गरेर गोदाम भवन र कार्यालय सन्चालन को लागि भवन निर्माण गरेको ,कृषि औजार यन्त्र ल्याएको,दइ कोठाको भवन निर्माण ,दुइ थान ट्रस्ट निर्माण ,तारजालि र गेट निर्माण , धान र गहुँ प्रशोधन को लागि ग्रेडिङ्ग मेशिन आफ्नो कार्यकालमा ल्याएको बताउनुभयो
सहकारी लाइ सहयोग गर्ने पत्रकार हरु लाइ , सहकारी को उत्कृष्ट बचतकर्ता , उत्कृष्ट ऋणि हरुलाइ कार्यक्रम मा सम्मानित गरिएको थियो कार्यक्रम को सन्चालन मंगल थारुले गर्नुभएको थियो