नेपाली काङ्ग्रेस कञ्चनपुर द्वारा स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र पेश

धनबहादुर बिक
६ माघ २०८१
धनगढी – सिकलसेल तथा महिलाको पाठेघर क्यान्सर रोग विरूद्ध उपचारका लागि स्वास्थय तथा जनसंख्या मन्त्रालय लाई नेपाली काङ्ग्रेस कञ्चनपुर को अनुरोध ।
सिकलसेल तथा पाठेघरको क्यान्सर विरुद्धको भ्याक्सीन उपचार तथा ल्याब व्यवस्थापन गरिदिन नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्रिय कार्यसमिति, कञ्चनपुर सभापति गोपि प्रसाद उपाध्याय ले स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन ।

कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा अवस्थित ४ वटा पालिकाह‌रु‌मा अधिकांश रुपमा आदिवासी जनजाती थारु समुदाय एवं सुकुम्बासी, आरक्ष पिडित, मुक्तकमैया, हलिया लगायत आर्थिक रुपले पनि विपन्न समुदायको बसोबास गरिरहेका थारु समुदायमा हुने सिकलसेल रोगको हाल सम्म उपचारको कुनै प्रकृ‌या अगाडी नबढेको कारण शिक्षाबाट समेत बन्चित्त हुनुपरेको उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस समुदायमा सिकलसेल सम्बन्धि जनचेतना समेत राज्यबाट नभए‌को हुँदा उक्त रोगका कारण बहुसंख्यक थारु जातिका मान्छेहरुको अकालमै ज्यान जाने गरेकोले सिकल सेल सम्बन्धि छुट्टै ल्याब र वेड स्थापनाका लागी श्रीपुर स्वास्थ्य केन्द्र बेलौरीमा सिफारिस गरीयोस

यस भेगमा रहेका किसोरीहरुमा पाठेघरको क्यान्सर विरुद्धको भ्याक्सीन समेत बेलौरी नगरपालिकाबाट यसै वर्ष देखि लगाउने प्रक्रिया अगाडी बढाई दिनु हुनस्वास्थ्य मन्त्रालय मा उपाध्याय ले अनुरोध पत्र पेश गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply