धनगढीमा विकास पत्रकारिता प्रशिक्षण सुरु

हेमा भट्ट
धनगढी, बैशाख १० – सुदूरपश्चिम प्रदेशमा विकास पत्रकारितालाई सुदृढ बनाउने उद्देश्यसहित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम आजदेखि धनगढीमा सुरु भएको छ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सुरु भएको कार्यक्रममा प्रदेशभरका पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको छ। पहिलो दिन विकास पत्रकारिताको आधारभूत अवधारणा, स्थानीय मुद्दाहरूको पहिचान तथा सकारात्मक र समाधानमुखी समाचार लेखनबारे प्रशिक्षण दिइनेछ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ कैलाली शाखाको आतिथ्यतामा सञ्चालन भइरहेको उक्त कार्यक्रमले पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply